सुलसुलेदसैंमा कविताको वर्षा ?
सखी प्रतिष्ठानले २०७९ असोज १४ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान ।

सखी प्रतिष्ठानले २०७९ असोज १४ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समारोहको आयोजना गर्यो । सो समारोहका अवसरमा विशेष कविता वाचनको कार्यक्रम सम्पन्न भयो ।
सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो समारोहमा कविहरू शैलेन्द्र साकार, राधेश्याम लेकाली, किशोर पहाडी, सविता श्रेष्ठ बेहोसी, शशी थापा पण्डित, मन्जिला अनिल, मीना श्रेष्ठ, ममता मृदुल, मुरारि सिग्देल, निर्मलरमण पराजुली, रुद्र अधकिारी, रवीन्द्र आशिष शैली, भानुप्रकाश जोशी, बिना पोखरेल (अमेरिका), शवि अधिकारी, उषा के.सी., उमेश पाण्डे, मनिला वन्त, बिन्दु अधिकारी ढकाल, पारु तिमल्सिना, गीता सापकोटा, राधा कार्की, जस्मीन ओझा, सुमित्रा अधिकारी, शुभलक्ष्मी कोइराला, सरिता पोखरेल वाग्ले लगायतले आआफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष मन्जिला अनिल, सखी प्रतिष्ठानका सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अतिथिहरू शैलेन्द्र साकार, किशोर पहाडीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा रन्जना अवस्थी (धनगढी), कोपिला घिमिरे, रन्जना भट्ट, सपना तिमिल्सिना, करुणा भट्ट, जस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































