साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्यमोहन जोशीको परिवारलाई शोकपत्र प्रदान

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको आज २०७९ कात्तिक ११ गते १३ औं दिन विभिन्न ३८ ओटा साहित्यिक सस्थाहरूले दिवङ्गत जोशीको परिवारलाई शोकपत्र प्रदान गर्‍यो ।

Nepal Telecom ad

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको आज २०७९ कात्तिक ११ गते १३ औं दिन विभिन्न ३८ ओटा साहित्यिक सस्थाहरूले दिवङ्गत जोशीको परिवारलाई शोकपत्र प्रदान गर्‍यो । सो अवसरमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिवङ्गत जोशीको योगदानको चर्चा गर्दै ललितपुर महानगरपालिकासित मिलेर स्मृतिग्रन्थ प्रकाशन गर्ने बताउनु भयो । साथै दिवङ्गत जोशीको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले राष्ट्रिय विभूतिको मान्यता दिनुपर्ने पनि बताउनु भयो ।

सोही अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दिवङ्गत जोशी आफ्नो मार्गदर्शक हुनुभएको बताउँदै जोशीको योगदानलाई चीरस्थाई गर्न विभिन्न कामहरू गरिने बताउनु भयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वर्गारोहणप्रति साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, लघुकथा समाज नेपाल, वासुशशी स्मृति परिषद, नेपाली साहित्य मन्दिर, नारीस्वर त्रैमासिक, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान, एपेक नेपाल, दायित्व वाङमय प्रतिष्ठान, गुन्जन, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, भूगोल साहित्य समाज, नेपाल मुक्तक प्रतिष्ठान, शब्दपथ, जनमत मासिक, नारी साहित्य प्रतिष्ठान, शिवपुरी साहित्य समाज, उपन्यास समाज नेपाल, नियात्रा समाज नेपाल, चेतन कार्की प्रतिष्ठान, नेपाली साहित्य संस्कृति समाज (नेपाल-भारत साहित्य महोत्सव), सञ्चार मंच, सखी प्रतिष्ठान, नेपाली कला साहित्य डटकम प्रतिष्ठान, अनेसास नेपाल च्याप्टर, नारी स्रष्टा समाज, महिला गीतकार संघ नेपाल, घुम्ती मुक्तक नेपाल, संसाक मासिक, सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र, लेखक संसार नेपाल, जरा फाउन्डेसन, अमेरिका नेपाल साहित्य प्रतिष्ठान, लीलाध्वज थापा साहित्य प्रतिष्ठान, यशस्वी प्रज्ञा प्रतिष्ठान, बुद्ध फाउन्डेसन र सिर्जना उत्सव, अमेरिकाले शोकपत्र प्रदान गरेका थिए ।

आज शोकपत्र प्रदान गर्दा साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पहाडी, गोविन्द गिरि ‘प्रेरणा’, शेषराज सिवाकोटी, प्रधुम्न जोशी, मन्जिला अनिल, मुरारि सिग्देल, भानु प्रकाश जोशी, विक्रमभक्त जोशी, नीरु श्रेष्ठ, शान्ति रिसाल र राधेश्याम लेकाली रहेका थिए ।

वि.सं. १९७७ बैशाख ३० गते जन्मिनु भएका जोशीको गत २०७९ असोज ३० गते देहावसान भएको थियो । जोशीको देहावसानमा यसअगि ४३ ओटा सस्थाहरूले लेकालीको अध्यक्षतामा शोकसभाको आयोजना गरेको थियो । सो शोकसभाको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ रहनु भएको थियो ।

सर्वप्रिय सत्यमोहन जोशी नेपाली भाषा, साहित्य, कला र सस्कृतिका अग्रणी व्यक्तित्व हुन् । दिवङ्गत जोशी नेपाली वाङमय र सस्कृतिको लागि जीवित सङ्ग्रहालय हुन् । जोशीको महाप्रस्थानले नेपाली भाषा, साहित्य, कला र सस्कृतिको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

आजै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठको विशिष्ट आतिथ्यतामा वाङ्ममय शताब्दीपुरुष सत्यमोहन जोशीको १३ औं दिनको पुण्य स्मृतिका दिन पारेर नेपालभाषा मंकाः खलःले पनि कृष्ण मन्दिर पाटनमा शोक सभाको आयोजना गर्‍यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x