सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोले

झोलेको लागि देशभन्दा पार्टी माथि हुन्छ, पार्टी भन्दा गुट अनि गुटभन्दा नेता माथि हुन्छ । नेताले भट्याउँछन्, ऊ ‘भैलो’ भन्छ । उम्मेदवारी दर्ताको दिन नस्पाति रङको झोलेको अनुहार भोट खसाल्ने दिनसम्ममा मुस्ताङको स्याउजस्तै रातो भइसक्छ ।

Nepal Telecom ad

हिजोआज
ब्रम्हाजीको प्रयोगशालाबाट
एउटा नयाँ मान्छे आविश्कार भएको छ ।
सुनको शरीर र
रुवाको मन बनाउँदा बोलेन,
चाँदीको शरीर बनाएर
फूलको मन बनाएर ‘मान्छे !’ भन्दा,
घोसेमुन्टो लगाई रह्यो ।
कुखुराको सुली र खरानी डल्लो पारेर
फलामको मन हालेर…
‘मान्छे’ भन्दा ‘हजुर’ भन्यो ।
ब्रम्हाजीले उसलाई ‘थुक्क मोरा !
बाँच्नका लागि झोले हुनुपरोस् ।’
भनेर श्राप दिएका छन् ।

उसले सुलीलाई हिमाल भन्छ,
उसको शरीरबाट सुलीको गन्ध आउँछ ।
उसले जनतासँग गरेका सल्लाह
खरानीको डल्लाजस्तै हुन्छ ।
आफ्नो नेताको आ…चीलाई पनि
‘पायस हो’ भनेर
बाँचेकाहरूलाई पढाउँछ,
पितृहरूलाई पनि त्यही चढाउँछ ।
अरुलाई तथानाम गाली बर्षाउँछ,
कतैबाट ताली नआए
आफै ताली पड्काउँछ ।
स्वास्नीले सम्म नपत्याए पनि,
‘म यति सय भोट’ ल्याउँछु ….
मलाई यति खर्च चाहिन्छ ।’ भन्छ ।
पार्टी र उम्मेदवारलाई नत्र हराइदिन्छु भनेर
ठाउँठाउमा हलो अड्काउँछ ।

उसको काँधमा,
एउटा झोला हुन्छ ।
झोलाभित्र …एउटा चुरोटको बट्टा
र एउटा लाइटर अनिवार्य हुन्छ ।
अलिकति पर्चा हुन्छ ।
फाटेको झन्डा हुन्छ, बेलुकीलाई खर्च हुन्छ ।
लोकल भए पनि ठर्रा नलाई
उसको साँझ बित्दैन ।
झ्याउरे र गर्रा नलाई उसको रात बित्दैन ।
पोथी भए नि भाले भए नि हुन्छ,
यति भए सिद्धान्त किन घोक्नुपरो र !
हँसिया हथौडामा भोट माग्ने
प्रचन्डाङ्ग्रेस भए नि हुन्छ,
हलो र तिरमा भोट माग्ने
राप्रेमाले भए नि हुन्छ ।
झोलेको लागि देशभन्दा पार्टी माथि हुन्छ,
पार्टी भन्दा गुट अनि गुटभन्दा नेता माथि हुन्छ ।

झोले भएपछि…
बाआमालाई गन्दैन,
शिक्षकलाई मान्छे भन्दैन ।
कर्मचारीलाई त सरुवा मिलाईदिन्छ,
ब्रम्हचारीलाई तोङ्बा र सरुवा खिलाईदिन्छ ।
ब्यापारीबाट चन्दा उठाइदिन्छ,
ठेकेदारलाई धन्दा जुटाइदिन्छ ।
कमिसनको लागि दलाली गर्छ ।
आम निर्वाचन र स्थानीय चुनाव
उसको लागि दशै तिहार भन्दा ठुलो चाड हो ।
मासुभात र जिर्मा खान पाउँछ,
घरघरमा देउसीभैलो खेल्न पाउँछ ।
नेताले भट्याउँछन्, ऊ ‘भैलो’ भन्छ ।
उम्मेदवारी दर्ताको दिन
नस्पाति रङको झोलेको अनुहार
भोट खसाल्ने दिनसम्ममा
मुस्ताङको स्याउजस्तै रातो भइसक्छ ।
उसको नेताले चुनाव जित्यो भने,
जित्ने जनप्रतिनिधिमात्र हुन्छ,
झोले महाराजा पल्टिन्छ ।
उसको राप यति बढ्छ कि
उसको तातो खप्न नसकेर
इमान्दार कार्यकर्ता
पार्टीमात्र होइन
देश छोडेर पलायन हुन्छन् ।

०००
सङ्खुवासभा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल