साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहनुभएन प्राज्ञ तथा उपन्यासकार गीता केशरी

नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व सदस्यसचिव ८६ वर्षीया केशरीको आज बिहान ७ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको  पारिवारिक स्रोतले जनाएको छ ।

Nepal Telecom ad

काठमाडौं । नेपाली साहित्यिक जगतमा ‘गीतादिदी’का रूपमा परिचित उपन्यासकार गीता केशरीको निधन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व सदस्यसचिव ८६ वर्षीया केशरीको आज बिहान ७ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको  पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत केही समयदेखि अल्जाइमर्स तथा हृदयरोगबाट पीडित हुनुहुन्थ्यो । स्वास्थ्यमा जटिलता देखिएपछि एक साताअघि उहाँलाई ओम अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा उपचार गरिँदै आएको थियो ।

केशरीका कसिङ्गर, सौगात, आवाज र मुक्ति लगायत एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन् । नेपाली उपन्यास लेखनमा उहाँले पुर्‍याउनुभएको योगदान स्मरणीय मानिन्छ ।

पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीर पशुपति आर्यघाटस्थित विद्युत् शवदाह गृह अन्येष्टि गरिएकाे छ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x