फित्काैली डटकमलघुकथा लेखन कार्यशाला कार्यक्रम सम्पन्न
प्रशिक्षक डा. भट्टले आफ्ना विचारलाई प्रष्ट पार्ने उद्देश्यले प्रतिष्ठित लघुकथाविदद्वय कीर्तिशेष विनयकुमार कसजूको 'कविता मीठो कि डिनर ?' शीर्षकको रचना वाचन गर्नु भयाे ।
क्यानडाबाट सञ्चालित वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रम अन्तर्गत लघुकथा लेखन कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली भाषा , साहित्य र संस्कृतिको उन्नयनका निम्ति निरन्तर लागि पर्ने क्रममा यसपटक लघुकथालेखन कार्यशाला ZOOM प्रविधिमार्फत् आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षक डा. पुष्करराज भट्टले प्रशिक्षण प्रदान गर्नु भयो ।
कार्यक्रम सञ्चालक तथा व्यवस्थापन सुरेन उप्रेतीले प्रशिक्षक डा. भट्टको परिचय र कर्मबारे जानकारी गराउँदै कार्यक्रम शुरु गर्नु भयो । प्रशिक्षक डा. भट्टले लघुकथा लेखनको परम्परा , लघुकथाको अवधारणा र विशेषता , आख्यानका दुई बिधा कथा र लघुकथाबिचको असमानता, लघुकथाका विशिष्टता , मानक लघुकथालेखनका सीप, आधार र प्रभाव , लेखकले अपनाउनु पर्ने सतर्कता र सावधानमाथि प्रकाश पार्नु भयो । उहाँले लघुकथालेखनमा शीर्षक , विषय , उद्देश्य, पात्रबिधान , परिवेश , घटना , कार्य र कारणको सम्बन्ध ,विपरित भावको समापनको महत्व औँल्याउनु भयो । लघुकथा लेख्दा उठान , विकास र वैठानको बारेमा बिहङ्गम चर्चा गर्नु भयो ।
प्रशिक्षक डा. भट्टले आफ्ना विचारलाई प्रष्ट पार्ने उद्देश्यले प्रतिष्ठित लघुकथाविदद्वय कीर्तिशेष विनयकुमार कसजूको ‘कविता मीठो कि डिनर ?’ शीर्षकको लघुकथा र ध्रुव मधिकर्मीको ‘विस्फोट’ शीर्षकको लघुकथा नमूनाको रूपमा वाचन गरेर व्याख्यासमेत गर्नु भयो ।
कार्यक्रममा होमनाथ सुवेदी, प्रह्लाद पोखरेल, डा. छत्रपति दाहाल, सहदेव कोइराला, ललिता दोषी, श्रीप्रसाद पोखरेल, डा. कृष्ण शाह `यात्री´, शर्मिला पोखरेललगायतका साहित्यकारहरूले अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रशिक्षक डा. भट्टसमक्ष लघुकथाका सन्दर्भमा केही जिज्ञासाहरू राख्नु भयो ।
कार्यक्रममा गोकुल अधिकारी , वन्दना घिमिरे , भैरव , हरिशरण कार्की , पशुपती फुयाँल ,कल्पना तामाङ , मुक्ति गौतम , जानकी कर्माचार्य , रेणु उप्रेती , कमला उप्रेती , देवेन्द्र पराजुली , जिवू अजीव , प्रा. हिरण्यलाल , गंगा अभिलाषी , दिव्या ताम्राकारलगायत् नेपाल र विश्वभरिका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक भट्टले कार्यक्रमको दौरानमा उठाइएका जिज्ञासाहरू विशेषत: लघुकथाको शब्दसीमा , क्षणिकता र बाललघुकथाका सन्दर्भमा दबाव होइन, सुझावकारूपमा भन्दै आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो ।
०००
समाचार श्राेत : शब्द पथ
Subscribe
Login
0 Comments
Oldest






































