फित्काैली डटकमकर्मदा सिर्जना मञ्चकाे ५९ औँ शृङ्खला भानु जयन्ती विशेष
प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, समीक्षक पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि कलानिधि दाहाल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५९ औँ शृङ्खला २१३ औँ अदिकवि भानुभक्त जयन्ती विशेष प्रविधिमैत्री कविगोष्ठी भव्य किसिमले सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, समीक्षक पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि कलानिधि दाहाल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
कविगोष्ठीमा आदिकवि भनुभक्तका रचना छन्द, स्वछन्द, कविता, सुसेली, मुक्तक, खोरिया, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । सम्पूर्ण कविले भानुको स्मरणमा रचना प्रस्तुत गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जक डा. बमबहादुर थापा जिताली (सवाई – नेपाली भाषामा भानु), पुरुषोत्तम सिग्देल अभिनवतामरसा- वर मागे), कलानिधि दाहाल (अनुष्टुप् – कल्प कल्प छ अकल्प), गणेश आत्रेय (दिक्पा – बाटिका), हरि खनाल (शार्दूलवोक्रीडित – टिक्टकरायण),गोविन्दप्रसाद घिमिरे वेदमणि (मन्दाक्रान्ता – पैसा पाएपछि), रामचन्द्र न्यौपाने वनवासी (अनुष्टुप् – यथार्थ), दुर्गाप्रसाद सिग्देल (स्रगधरा – गाउने चिन्छ वसन्त), विन्दु दाहाल मूकदर्शक (पञ्चचामर – भानुको सम्झना ), जगदीश्वर पोखरेल (असारे झ्याउरे – भानुको सम्झना) हुनुहुन्थ्याे ।
त्यसैगरी जनार्दन अधिकारी धड्कन (खोरिया – सारे झ्याउरे – भानु र असार), दुर्गा रिमाल अधिकारी (स्रग्विणी – भानुको लेखनी ), सुधा बाँस्कोटा ढकाल (स्रग्विणी – छन्दको माधुरी), डिल्लीप्रसाद मुलतिहून (तोटक – कति मर्नु), हरिप्रसाद चौलागाईं (सवाई – भानु), वासु ठकुरी (अनुष्टुप् – भानुको सम्झना ), कृष्णप्रसाद मिश्र (तिलका – भानुलाई प्रणाम), दुर्गा अधिकारी भमरकोटे (सुसेली र असारे झ्याउरे – भानुमा सम्झना), चन्द्रावती अधिकारी (भुजङ्गप्रयात – कवि भानु), बिनुबाबा घिमिरे भण्डारी (असारे झ्याउरे ), ललिता खरेल (स्वच्छन्द – सपुत राष्ट्रको), द्वारिका कुइँकेल (लोकछन्द– भानु ), लक्ष्मिप्रसाद मिश्र (सवाई – भानु जिउँदै छन् ), पवनकुमार बुढाथोकी (मुक्तक), सुरेशचन्द्र घिमिरे (सुसेली र असारे झ्याउरे – भानुमा सम्झना), वीरबहादुर लोहनी (लोकछन्द – भानुको सम्झना ), चन्द्रा न्यौपाने (सुसेली र असारे झ्याउरे – भानु ), वालकृष्ण सुवेदी (लोकछन्द – भानुको योगदान) रामकृष्ण अधिकारी (कर्मदालाई शुभकामना ) र युवराज कोइराला (कर्मदालाई शुभकामना) ले रचना प्रस्तुत गर्नुभएकाे थियाे।
प्रमुख अमन्त्रित जितालीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नु भयो । भानु विशेष कविगोष्ठी भव्य रूपमा सम्पन्न भयो भन्दै भानुले नेपाली भाषामा गरेको योगदानको चर्चा गर्नु भयो । कर्मदालाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
विशिष्ट अतिथि कलानिधि दाहालले समीक्षक पुरुषोत्तम सिग्देलको कविताको सटिक समीक्षा गर्नु भयो । समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरेका सिर्जनाको सुललित किसिमले समीक्षा गर्नु भएको थियो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































