साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा उषा शेरचनलाई भूपि काव्य पुरस्कार

कवि भुपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकालि सेवा समिति पोखराद्धारा प्रदान गर्ने यसवर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिने निर्णण भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०७० मङ्सिर २६ । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भुपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकालि सेवा समिति पोखराद्धारा प्रदान गर्ने यसवर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिने निर्णण भएको हो ।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यसवर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निणर्य गरेको समितिका संयोजक अशोक कुमार भट्टचनले जानकारी दिनुभयो । आगामी पौष १० गते ८९ औँ भूपि जयन्तीकोे अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरि साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उहाँले वताउनुभयो ।

नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ५० हजार दोसल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहनुभएको छ । हरेक दुई दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्न शमशेर थापा, र तिर्थ श्रेष्ठ पुरस्कृत भइसक्नु भएको छ ।

विक्रम सम्वत् १९९२ साल पौष १० गते मुस्ताङमा जन्मिनुभएका भूपी लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दैपछि समसामयिक विषयमा सरल र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित हुनुभएको थियो ।

उहाँको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपीले सो कृतिबाट २०२६ सालको साझा पुरस्कार समेत पाउनुभएको थियो । नारायण गोपालको स्वर र भुपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निक्कै चिर्चित छ ।

परिर्वतन नाटक (२०१०), नयाँ झयाउरे कविता (२०१०) र निर्झर कविता (२०१५) उनका प्रकाशित कृतिहरु हुन् । पुरस्कृत हुनुहुने उषाको नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जन बढि कृतिहरू प्रकाशित छन् ।

उहाँ यसअघि व्यथित काब्य पुरस्कार २०४३, व्यथित काब्य वनिता पुरस्कार (२०६९), योगेश्वर कलासहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशी स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भइसक्नुभएको छभने रत्नश्री सुवणर् पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वणर् पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसक्नुभएको छ ।

००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x