साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला कविता विशेष गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ साल मंसिर २८ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला कविता विशेष गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं अनेसास पूर्व ह्युस्टन अध्यक्ष गंगा लिगलको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि लिगलले चन्द्रागिरिको कार्यक्रम नियमित चलिरहेकोमा खुशी लागेको छ, यो संस्थाले धेरै नयाँ स्रष्टाहरूलाई विभिन्न विधामा लेखनीमा परिष्कृत गराइरहेको एउटा पाटो छ भने अर्कोतर्फ विश्वभरका स्रष्टालाई एउटै छातामुनि जोडेर रचनात्मक आदानप्रदान गराइरहेको छ भन्नु हुँदै सबैको मनोभावमा देश हुनु पर्छ, आजको रचनाका देशलाई स्वर्ग मान्ने कविता पनि आयो खुशी व्यक्त गर्नु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहालले विकाश द्रुतगतिले गरेको छ अब प्रकाशनतिर पनि विचार पुर्‍याउन जरुरी छ भन्नु हुँदै आफ्नो रचना सुनाउनु भयो । विशिष्ठ अतिथि मणिराज सिंहले चसाप्रनेको नियमित कार्यक्रमप्रति खुशी व्यक्त गर्दै रचना सुनाउनु भयो । अर्का विशिष्ठ अतिथि डा. देवी पन्थीले साहित्यको विकाश र संरक्षणमा धड्कनजीको नेतृत्वमा योगदान गरिरहनु भएको छ, प्रविधिलाई प्रयोग गरेर जो जहाँ छ त्यहीबाट रचना सुन्नु र सुनाउन पाउनु पनि खुशीको कुरा हो भन्नु हुँदै चारु सुनाउनु भयो ।

चुडा निर्भिकको कुशल उद्घघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमशः नारायणप्रसाद निरौला, लक्ष्मीप्रसाद मिश्र, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, चूडा निर्भिक, सुरेश घिमिरे, सिर्जना खनाल, जानुका थापा, प्रेम थापा, उमा ओडारी, नारायणप्रसाद भण्डारी, रेहित सैंजु, रेणु घिमिरे, सीता काफ्ले, देवीप्रसाद मिश्र, घनश्याम पौडेल, जानुका थापा, मन्जुश्री दार्जिलिङ, दुर्गा रिमाल अधिकारी, गंगा अभिलाषी, द्वारिका कुईंकेल लगायत २७ जना सर्जकहरूले आ-आफ्ना रचना कविता, खोरिया, चारु, आदि वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा प्रष्ट पार्नु हुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत हरेक बुधार लेखन अभ्यास गरिरहनु भएकोमा खुसी एबं गर्व लागेको बताउनु भयो । नियमित समय दिएर जोडिनु भएकोले नै आयोजकले खुशी ग्रहण गर्न पाएका हौं भन्नु हुँदै उहाँले प्रमुख अतिथि, विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गरि आफ्नो रचना वाचनका साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००
– धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x