साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान’

नगद रु. २१ हजार रुपैयाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार एक विशेष कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ मङ्सिर २८ । नेपाली हास्यव्यङ्ग्य साहित्यका एक धरोहर वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उनकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान-२०७९’ वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार तथा बहु आयामिक व्यक्तित्व रामकुमार पाँडेलाई प्रदान गरिएको छ ।

नगद रु. २१ हजार रुपैयाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार एक विशेष कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा आयोजित समारोहमा गोतामे पत्नी पद्मा गौतम प्रमुख अतिथिको रुपमा रहेकी थिइन् ।

सम्मानित व्यक्तित्व निबन्धकार पाँडे, साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, देविका तिमिल्सिना, गोतामेकी सुपुत्री नीरा गौतमले मूर्धन्य निबन्धकार श्याम गोतामेको योगदानको बारेमा चर्चा गरेका थिए ।

समारोहमा नगद राशिसहित सम्मानपत्र तथा दोसल्ला ओढाएर प्रमुख अतिथि पद्मा गौतमले निबन्धकार पाँडेलाई सम्मान गरिन् ।

समारोहमा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यङ्ग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दंगाललगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

पुरस्कृत निबन्धकार पाँडेले श्याम गोतामेको खरो स्वभाव, निडर, तीखो व्यङ्ग्य गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गरेका थिए ।

नाट्यकर्मी अशेष मल्लले पद्मा-श्याम गोतामे सम्मान पाउने रामकुमार पाँडे सही व्यक्तित्व भएको भन्दै पाँडेको प्रशंसा गरे । गोतामेकी सुपुत्री रेनु गौतमले बुबाको नाममा सम्मान स्थापना गरेपछि बुबाको आत्माले पनि शान्ति पायो होला भन्दै बुबाले हास्यव्यङ्ग्य क्षेत्रमा पुर्‍याएको योगदान बिर्सन नहुने धारणा व्यक्त गरिन् ।

समारोहमा सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ ले मुर्धन्य स्रष्टाको नाममा स्थापना भएको सम्मान कार्यक्रम गर्न पाउँदा नेपाल श्रष्टा समाज पुलकित भएको र हरेक वर्ष हास्यव्यङ्ग्य स्रष्टालाई पद्मा-श्याम गोतामे सम्मान प्रदान गरिने जानकारी गराए ।

०००
समाचार स्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x