साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली सम्मान प्रदान गर्दै कविता वाचन

कार्यक्रममा काँकरभिट्टा निवासी जनिता श्रेष्ठलाई रु १३,०००।- तेह्र हजार राशिको वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

Nepal Telecom ad

मेचीनगर, झापा, ०७९ पुस ९ । सुसेली साहित्यिक परिवारले आयोजना गरेको कविता गोष्ठी तथा वेदकुमारी रेग्मी कर्मठ पुरस्कार र गुरुआमा वेदकुमारी रेग्मीको ८४ औं वर्षको अवसरमा गुरु चूडामणि रेग्मीमार्फत् झर्रो नेपाली कृतिका सर्जक तथा प्रकाशक नारीलाई सम्मान गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम सुसापका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, सहप्राध्यापक मुनाकिरण कोइरालाको प्रमुख आतिथ्य र गुरु चूडामणि रेग्मी, प्रा.डा. जीवेन्द्रदेव गिरी, पूर्व न्यायाधीश तथा साहित्यकार शारदा कोइराला, माननीय सांसद इन्दिरा राना मगर, प्रलेस केन्द्रीय उपाध्यक्ष तीला लेकाली, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, सीमापारिका साहित्यकार युवराज काफ्ले, डा.शुकराज दियाली, प्रा.तेजमान बराइली, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डिएसपी, सल्लाहकार लक्ष्मी उप्रेती, आदिको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा कविहरू दमयन्ती गिरी, विरही अधिकारी, हेमन्ता भण्डारी, रितगङ्गा खड्का, दधिराम खनाल, कोमलप्रसाद पोखरेल, दीपा खरेल, रोशन राई ‘चोट’ (दार्जिलिङ), हरिनारायण भट्टराई, सुमित्रा वाङ्देल चेली, टीका चापागाईं, मिरा काफ्ले, मञ्जुला सुब्बा तामाङ, डा.जीवन राणाले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा काँकरभिट्टा निवासी जनिता श्रेष्ठलाई रु १३,०००।- तेह्र हजार राशिको वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने झर्रा कृतिहरूका सर्जक प्रकाशकहरूमा ‘कल्पना र मुनाहरू’का प्रकाशक पार्वती खरेल, ‘झुल्के घाम’का प्रकाशक पार्वती गिरी, ‘तितो मिठो’का प्रकाशक कृष्णा खनाल, ‘धारा धाराका धार’का प्रकाशक मैया खरेल, श्यामप्रसादका लेखरचना प्रकाशन तथा वितरण गर्ने जनककुमारी चालिसे तथा ‘भुईंफूल’का सर्जक सुभद्रा भट्टराईलाई जनही रु ५,०००।- राशि, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा देविका सुब्बा खवास सिलगढी, सुमित्रा शर्मा ‘अविरल’ (विश्व नेपाली साहित्य महासंघ, भारतशाखाका महासचिव), नीता तामाङ (दार्जिलिङ), आलोक खवास (सिलगढी), जयप्रसाद आचार्य, देवेन्द्र खरेल, नरेश खरेल, राजीव गौतम, उमेश खरेल, ओम भण्डारी, तलुसीप्रसाद भट्टराई, मातृकाप्रसाद संग्रौला, विनोद खनाल, शिव अधिकारी (इलामे जेठो), लीना भण्डारी, जीआर धिताल, एनवी दाहाल, सन्देश प्रसाईं, देवीचरण भण्डारी, लक्ष्मी उप्रेती (सुसाप सल्लाहकार), दामोदर ढुङ्गेल, जयन्ती खरेल, जीवनाथ सुवेदी, कविता नेपाल, पुरस्कृत व्यक्ति फूलमुनी उराव, दुर्गा भेटवाल, पत्रकार मोहनकाजी, लक्ष्मी उप्रेती, मुक्ति पौडेल लगायत सयौंको उपस्थिति रहेको थियो ।

पुरस्कृत व्यक्तित्वहरूको परिचय गराउने काम सुसापका सदस्य भूवन सुब्बा तथा ज्ञानेन्द्र ढुङ्गानाले गर्नुभएको थियो ।
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, गुरु चूडामणि रेग्मी, प्रा डा जीवेन्द्रदेव गिरी, जनककुमारी चालिसे तथा प्रमुख अतिथि मुनाकिरण कोइरालाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमलाई अध्यक्षले सबैप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रम सुसापका सहसचिव मदन अधिकारीलेसंचालन र उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

०००
-पुन्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x