साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यालय साहित्यिक पत्रिका ‘पानस’ को लोकार्पण

मिरिक महकुमाको निम्न इलाका चियाबारी अन्तर्गत पुटुङ उच्च माध्यमिक विद्यालयको विद्यालय साहित्यिक पत्रिका ‘पानस’ को दोस्रो अङ्क सार्वजनिक भएको हो ।

Nepal Telecom ad

मिरिक/भारत, तदनुसार २४ डिसेम्बर २०२२ । हिजो मिरिक महकुमाको निम्न इलाका चियाबारी अन्तर्गत पुटुङ उच्च माध्यमिक विद्यालयको विद्यालय साहित्यिक पत्रिका ‘पानस’ को दोस्रो अङ्क सार्वजनिक भएको हो । यसै सन्दर्भमा वार्षिक खेलकूद कार्यक्रम पनि सम्पन्न भएको थियो जसमा अन्तरहाउस विविध खेलहरूको प्रतियोगिता कार्यक्रम सञ्चालन गरी प्रथम, दोस्रो, तेस्रो र सान्त्वनासम्म हासिल गर्न सफल विजेता विद्यार्थीहरूलाई ऊर्जास्वरूप पुरस्कार तथा प्रमाण-पत्र हस्तान्तरण पनि गरिएको थियो ।

विद्यालय सञ्चालन समितिका उपाध्यक्ष सञ्जय जैरुको अध्यक्षता, संस्थापक सदस्य सीबी खवासको प्रमुख आतिथ्य, विद्यालय सञ्चालन समितिका संस्थापक सदस्यहरू क्रमशः केपी शर्मा, पीटी लेप्चा, कुमार थापा, भूपाल गोले, केबी थिङ्ग, संस्थापक शिक्षकद्वय मणिराम क्षेत्री र अर्जुन थापा, सौरेनी रविन्द्रनाथ उमाविका शिक्षक प्रभारी कैलाश वान्तवा मिरिक, सोही विद्यालयका शिक्षक प्रभारी सुभाष खाती, नीरपानी कोलाबारी निम्चोक विद्यालयका शिक्षक प्रभारी राजु विश्वकर्मा, सञ्चालक समितिका सचिव राजु राई, देवीका सुब्बा खवास र अजित जिम्बालगायतका विशिष्ट अतिथिहरूको आतिथ्य रहेको थियो ।

पुटुङ विद्यालयको दिवङ्गत पूर्व शिक्षक मणिकुमार खवासको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । शिक्षक प्रभारी महेन्द्र मोक्तानले उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको औचित्य प्रकाश पारेका थिए भने सह-शिक्षकद्वय मनोहर शर्मा ‘अविनाश’ र प्रणय घलेले सहजीकरण गरेका थिए ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत खेल प्रतियोगितामा विजय प्राप्त गरी विजेता घोषणा भएका विद्यार्थीलाई अतिथिहरूको बाहुलीबाट पारितोषिक वितरण गरिएको थियो र वार्षिक खेलकूद अन्तरहाउस प्रतियोगिताअन्तर्गत उत्कृष्ट खेलाडी राज दर्जी तथा गोलकिपर रेडहाउस घोषित भएका थिए । त्यसैगरी उपस्थित अतिथिहरूको बाहुलीबाट विद्यालय साहित्यिक पत्रिका ‘पानस’ को लोकार्पण गरिएको प्रमाण आजका कार्यक्रमका प्रमुख अतिथि सीपी खवासले आधिकारिक घोषणा गरेका थिए । यसका प्रधान सम्पादक कवि मनोहर शर्मा ‘अविनाश’ ले दिवङ्गत शिक्षक मणि खवासले शुरु गरेको कर्मलाई निरन्तरता दिएको सन्दर्भ कोट्याउदै पानस प्रकाशन गर्नुको उद्देश्य, यसको भावी अभीष्टसमेत प्रष्ट पार्दै आफ्ना तर्फबाट साझा भनाइ प्रश्तुत गरेका थिए । विद्यालयको सिर्जनशील क्षमता अभिवृद्धि गर्न पानसको प्रकाशन गरिएकोमा अध्यक्ष जैरुले धन्यवादसहितको प्रशंसा व्यक्त गरे भने खेल विजेताहरूलाई शिक्षक कैलाश राईबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

०००
– मिरिकबाट नदी भट्टराई साथमा- मनोहर शर्मा ‘अविनाश’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x