
वृद्ध
अहा ! बाल नानी फुरुक्कै बनेका यिनैमा छ आशा यिनैमा भरोसा यही जिन्दगी हो यही नै कमाई र पाकाहरू छन् बसेका रमाई ।

हुँदा वृद्ध के भो छ पक्का भरोस
बुढाको जवानी बुढाकै छ होस
प्रतिज्ञा बुढाले गराए हिजो नै
उनैले त संसद् चलाए हिजो नै ।।२
भने जे बुढाले युवा बोल्छ सोही
युवा बाध्य छन् बोल्न शब्दार्थ धोई
त्यसैले बुढाको गरी मान बस्नू
बुढाको हितैषी बनी भित्र पस्नू ।।२
छ हार्ने युवा नै बुढो जित्छ पक्का
छ आकाश उम्दा धरा हुन्छ कच्चा
सबै आस गर्छन् बुढामा हमेसा
बुढापा नदी हुन् बुढापा कुलेसा ।।३
मियो बन्नसक्ने छ सामर्थ्य सच्चा
नसोचौँ कसैले भए वृद्ध कच्चा
जहाँ शीतले छर्छ ठन्डी प्रशस्ती
त्यहाँ न्यानु छर्छन् बुढाले सकल्ती ।।४
कुना कन्दरा फाँट बस्तीहरूमा
झनै लेकबेँसी र झाडीहरूमा
सधैँ व्यस्त छन् वृद्धभै कामदार
खटाई छ चोखो सधैँ बारबार ।।५
अहा ! बाल नानी फुरुक्कै बनेका
यिनैमा छ आशा यिनैमा भरोसा
यही जिन्दगी हो यही नै कमाई
र पाकाहरू छन् बसेका रमाई ।।६
०००
भक्तपुर