साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

अहा ! बाल नानी फुरुक्कै बनेका यिनैमा छ आशा यिनैमा भरोसा यही जिन्दगी हो यही नै कमाई र पाकाहरू छन् बसेका रमाई ।

Nepal Telecom ad

हुँदा वृद्ध के भो छ पक्का भरोस
बुढाको जवानी बुढाकै छ होस
प्रतिज्ञा बुढाले गराए हिजो नै
उनैले त संसद् चलाए हिजो नै ।।२

भने जे बुढाले युवा बोल्छ सोही
युवा बाध्य छन् बोल्न शब्दार्थ धोई
त्यसैले बुढाको गरी मान बस्नू
बुढाको हितैषी बनी भित्र पस्नू ।।२

छ हार्ने युवा नै बुढो जित्छ पक्का
छ आकाश उम्दा धरा हुन्छ कच्चा
सबै आस गर्छन् बुढामा हमेसा
बुढापा नदी हुन् बुढापा कुलेसा ।।३

मियो बन्नसक्ने छ सामर्थ्य सच्चा
नसोचौँ कसैले भए वृद्ध कच्चा
जहाँ शीतले छर्छ ठन्डी प्रशस्ती
त्यहाँ न्यानु छर्छन् बुढाले सकल्ती ।।४

कुना कन्दरा फाँट बस्तीहरूमा
झनै लेकबेँसी र झाडीहरूमा
सधैँ व्यस्त छन् वृद्धभै कामदार
खटाई छ चोखो सधैँ बारबार ।।५

अहा ! बाल नानी फुरुक्कै बनेका
यिनैमा छ आशा यिनैमा भरोसा
यही जिन्दगी हो यही नै कमाई
र पाकाहरू छन् बसेका रमाई ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x