साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा ‘बाआमा’ कृतिमाथि अन्तरक्रिया

मदन पुरस्कार प्राप्त कृति ऐनाका सर्जक रामलाल जोशीको कृति ’बाआमा’ माथि नेपाली लेखक संघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

Nepal Telecom ad

हेटौंडा, पौष १०, २०७९ । मदन पुरस्कार प्राप्त कृति ऐनाका सर्जक रामलाल जोशीको कृति ’बाआमा’ माथि नेपाली लेखक संघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्षता, केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न सो कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले समालोचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बुक हिलका प्रबन्धक तथा प्रकाशक भुपेन्द्र खड्काले पाठक र समीक्षकले हेर्ने आँखा फरक हुने गरेको बताउनु भयो ।

आख्यानकार जोशीले सुदूरपश्चिमको कथालाई आफूले प्रस्तुत गरेको र त्यहाँको कथा अझै लेखिन बाँकी रहेको र नेपालका सहरबाट देखिने दृश्य र त्यहाँको वास्तविकता फरक रहेको बताउनु भयो । बजारमा बसेर पुस्तक पढेर यो लेख्दा हुने र यो लेख्दा नहुने भनी सल्लाह दिनेहरूले सुदूरपश्चिमका युवा पलायन, महिला हुनुका दुख, वृद्धवृद्धाको अवस्था बुझ्न सुदूरपश्चिम नै पुग्नुपर्ने समेत बताउनु भयो ।

कार्यक्रममा पाठक प्रतिकृयास्वरुप राजनीतिकर्मी राजाराम बर्तौला, साहित्यकार सानु खनाल, विष्णु न्यौपाने आदिले प्रतिकृया व्यक्त गर्नुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, साहित्य सर्जक तथा सञ्चारकर्मी सुवास खनाल, देवराज खरेल, शान्ति प्रियबन्दना आदिको उपस्थिति रहेको थियो ।

संघका सचिव केशव समर्पणले सहजीकरण गर्नु भएको सो कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सम्पन्न भएको हो ।

०००
– संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x