साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संंवैधानिक हिंसा

समाजमा न्यायका कुरा उठाइए धनीले धनी बन्न पाउने गरिबले गरिब बन्न पाउने सामन्तहरू यतास्थितिमा रहन पाउने ।

Nepal Telecom ad

कसैलाई दुई पतिको आवश्यकता
कसैलाई दुई पत्नीको आवश्यकता
पति पीडितहरू पतिको बिरोध गर्दै उठे
पत्नी पीडितहरू पत्नीको बिरोध गर्दै उठे ।

समाजमा न्यायका कुरा उठाइए
धनीले धनी बन्न पाउने
गरिबले गरिब बन्न पाउने
सामन्तहरू यतास्थितिमा रहन पाउने ।

प्रकृतिले दिएको परिचय
बाढीपीडित, भुइँचालो पीडित …
सबैले आ-आफ्नो पहिचान सहितको
आरक्षणको दाबी गरे ।
जनजाति, दलित, आदिबासी
नेपालबासी, प्रबासी,
सबैको हक, अधिकार सहितको राज्य ।

तर

पितृसत्ताको नुनिलो आँसुले प्यास मेटाउँदै
आएकी एक कुलीन नारीकी,
१० बर्षिया छोरी, २५ बर्षिया अपाङ्ग नन्द,
अनि ४० बर्षिया विधवा साथीलाई
लुछीलुछी बलात्कार गर्दा
बलात्कारीलाई मृत्युदण्ड दिई
आफ्नो पहिचान बनाउन खोज्दा
संविधानको मस्यौदामा प्रतिरोध आयो ।

खुलस्त भनियो
“यौन हिंसांपीडितको कुनै पहिचान हुन्न ।”

अब भन-
यो संवैधानिक हिंसाको पीडित को ?

०००
रातो पुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x