सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

संंवैधानिक हिंसा

समाजमा न्यायका कुरा उठाइए धनीले धनी बन्न पाउने गरिबले गरिब बन्न पाउने सामन्तहरू यतास्थितिमा रहन पाउने ।

Nepal Telecom ad

कसैलाई दुई पतिको आवश्यकता
कसैलाई दुई पत्नीको आवश्यकता
पति पीडितहरू पतिको बिरोध गर्दै उठे
पत्नी पीडितहरू पत्नीको बिरोध गर्दै उठे ।

समाजमा न्यायका कुरा उठाइए
धनीले धनी बन्न पाउने
गरिबले गरिब बन्न पाउने
सामन्तहरू यतास्थितिमा रहन पाउने ।

प्रकृतिले दिएको परिचय
बाढीपीडित, भुइँचालो पीडित …
सबैले आ-आफ्नो पहिचान सहितको
आरक्षणको दाबी गरे ।
जनजाति, दलित, आदिबासी
नेपालबासी, प्रबासी,
सबैको हक, अधिकार सहितको राज्य ।

तर

पितृसत्ताको नुनिलो आँसुले प्यास मेटाउँदै
आएकी एक कुलीन नारीकी,
१० बर्षिया छोरी, २५ बर्षिया अपाङ्ग नन्द,
अनि ४० बर्षिया विधवा साथीलाई
लुछीलुछी बलात्कार गर्दा
बलात्कारीलाई मृत्युदण्ड दिई
आफ्नो पहिचान बनाउन खोज्दा
संविधानको मस्यौदामा प्रतिरोध आयो ।

खुलस्त भनियो
“यौन हिंसांपीडितको कुनै पहिचान हुन्न ।”

अब भन-
यो संवैधानिक हिंसाको पीडित को ?

०००
रातो पुल, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वार्ता

वार्ता

अन्जु शर्मा
मृत कानुन

मृत कानुन

अन्जु शर्मा
अपजसे खाना

अपजसे खाना

अन्जु शर्मा
तीतो यथार्थ

तीतो यथार्थ

अन्जु शर्मा
सालिक

सालिक

अन्जु शर्मा
माला

माला

अन्जु शर्मा
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी