सुलसुलेप्रशिक्षण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जोरपाटी, काठमाडौं, ०७८ माघ १६ । अभिनव साहित्य समाजको आयोजनामा दुईदिने उद्घोषण, अभिनय, नृत्य र नाटक प्रशिक्षण तथा प्रतियोगितात्मक प्रस्तुतिमा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मानपत्र वितरणको कार्य सम्पन्न भएको छ ।
यही १३ गते गोकणर्ेश्वर न.पा.का प्रमुख दीपककुमार रिसालद्वारा उद्घाटित सो कार्यक्रम, गो.न.पा- ६ कावडा अध्यक्ष श्री नवराज लामाको प्रमुख आतिथ्यमा र पुरस्कार तथा सम्मान अर्पण गरेर समापन भएको छ ।
पुरस्कृत हुनेहरुमा उद्घोषणतर्फ प्रियम्सा कार्की- इष्टपोल मा.वि., समिर तिमल्सिना- अरुणोदय मा.वि., अदिती तिमल्सिना- सरस्वती मा.वि. र रुपेश शर्मा- समता शिक्षा निकेतन क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएको र उनीहरूलाई तीनदुईएकएक हजारका दरले नगदसमेतले पुरस्कृत गरियो ।
यस्तै नृत्यतर्फ छहारी शिक्षा निकेतन, सरस्वती मा.वि. र रिम्स मा.वि. क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यी सबैलाई क्रमश तीन दुई एकएक हजारका दरले नगदसहित सम्मान प्रत्र प्रदान गरिएको छ ।
यस्तैगरी समूहनृत्य तथा अभिनय प्रस्तुतिमा, जेनेसिस एकेडेमी, का.म.प.वडा नं. ६, इष्टपोल मा.वि. गो.न.पा. ५, छहारी शिक्षा सदन गो.न.पा. ६, समता शिक्षा निकेतन मा.वि बौद्ध र जेनेसिसकी सुआनी श्रेष्ठलाई उत्कृष्ट अभिनयमा क्रमशः सात, पाँच, तीन, दुई र एक हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको छ । सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रशिक्षणमा १३ वटा विद्यालयहरू सहभागी भए पनि प्रतियोगितात्मक प्रस्तुतिमा ९ वटा विद्यालयको मात्र सहभागिता रहेको थियो । सो र्कायक्रमको सभापतित्व छहारी शिक्षा सदनका प्रीन्सिपल श्री अनिल पराजुली, उद्घोषण कार्यक्रम संयोजक विन्द खतिवडा, धन्यवाद ज्ञापन समाजका अध्यक्ष श्री गोविन्द घिमिरे वेदमणि, निणर्ायकको भूमिकामा सचिव परशुराम पराजुली पराशर, कोषाध्यक्ष श्री घनश्याम प्रसाई, उपाध्यक्ष विमल अर्याल, श्रीमुकुन्द महत र सह कोषाध्यक्ष श्री शारदा खनाल पराजुली रहनुभएको थियो ।
नौवटै विद्यालयका गरी १६७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
०००
– घिमिरे
Subscribe
Login
0 Comments
Oldest












































