साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- ५)

हाम्रो यो जीव चाल्ने मन र मगजमा द्वन्द छन् भित्रभित्र दौडिन्छन् व्यग्रतामा पछिपछि नकुधौँ गुम्छ आफ्नो सचित्र आफैँमा हुन्छ साँचो स्थिरमन गरिए खुल्छ राम्रो प्रभात देख्छौँ संसार शोभा असल नयनले भन्छ देवीप्रसाद !!

Nepal Telecom ad

भन्छ देवीप्रसाद :

मात्रै घारो नठानौँ अतिसहज छ बा साथको वृद्धवेला
हेला गर्लान् कसैले मुलुक छ सँगमा लोकका पर्छ फेला
चाहेको के छ आफ्ना हृदयबिच हुने कल्पनाका प्रताप
खोल्ने यी प्रष्ट पार्दै घरजन सँगमा भन्छ देवीप्रसाद !!
(२१)

आयो मेरो बुढ्यौली मनमन जहिल्यै सोचनी मात्र गर्दा
पर्दा लाग्छन् पलामा विचलित बनिदै हीनताबोध गर्दा
गल्ती के नै छ बा को डरभर नलिई चित्त पार्ने प्रदीप्त
जाग्ने गर्छन् दयाका लहलह मुजुरा भन्छ देवीप्रसाद !!
(२२)

भुल्दा हुन् सोध्न केही कठिन छ सबमा व्यस्तता छन् तमाम
सम्झाऔँ झस्स पार्दै समय समयमा पक्रने छन् लगाम
बुझ्दा देखिन्छ गाँठो सहज छ अथवा भित्र छन् रापताप
मात्रै तड्पेर बस्दा असहज थपिने ठान्छ देवीप्रसाद प्रसाद !!
(२३)

हाम्रो यो जीव चाल्ने मन र मगजमा द्वन्द छन् भित्रभित्र
दौडिन्छन् व्यग्रतामा पछिपछि नकुधौँ गुम्छ आफ्नो सचित्र
आफैँमा हुन्छ साँचो स्थिरमन गरिए खुल्छ राम्रो प्रभात
देख्छौँ संसार शोभा असल नयनले भन्छ देवीप्रसाद !!
(२४)

कोटा छन् वृद्धताका वरपर गतिला भव्य आरक्ष दक्ष
छन् हाम्रा नीति कर्ता सुजन युगलमा उच्च देखिन्छ लक्ष्य
मिल्ने छन् शान्ति पाटा हडबड नगरौँ खेदमा हुन्छ छेद
पारौँ मन्दाकिनीझैँ मनमगज सदा भन्छ देवीप्रसाद !!
(२५)

क्रमशः
०००
२०७९/१०/५,
ताप्लेजुङ, हाल सोहखुट््टे, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x