साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संगमको साहित्य सन्ध्या र एकल कविता वाचन

संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष र गीतकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा सर्जक बैकुण्ठ लामिछानेका राजनैतिक विद्रोह, सामाजिक क्रान्तिका  ६ कविता वाचन भएको थियो ।

Nepal Telecom ad

मकवानपुर, हेटौँडा ०७९ पागुन १४ । साहित्य संगम मकवानपुरले ३२८औँ साहित्य सन्ध्या तथा एकल कविता वाचन कार्यक्रम गरेको छ ।

मनोज पोखरेलले स्वागत गर्नुभएको कार्यक्रममा सर्जक बैकुण्ठ लामिछानेका राजनैतिक विद्रोह, सामाजिक क्रान्तिका कविताहरू ‘अंकगणितको हत्या’, ‘लाशको सेल्फी’, ‘चियाको सुन्दरता’, ‘राइस किलर अर्थात् गणतन्त्रको झट्केलो’ र ‘काँचा मासुका बुख्याँचाहरू’, ‘भुइँ मान्छे र तन्त्रवादका स्वघोषित देवताहरू’ गरी ६ कविता वाचन भएको थियो ।

संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष र गीतकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा सर्जकहरू सागर तिमल्सिना, अमृता लामिछाने, समीर पाख्रिन, सानोभाइ विश्वकर्मा, चेतप्रसाद पौडेल, जगदीशचन्द्र बराल, ओजश्वी गौतम, देवराज तिवारी, पुरूषोत्तम आचार्य, छवि अनित्य, श्रीराम अधिकारी, शान्ति प्रियबन्दना, निमेष निखिल, संप्रस पौडेल आदिले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, सञ्चारकर्मी राजु शाश्वत लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित कार्यक्रम संगमका सचिव डिबी बर्तौलाले सहजीकरण गर्नुभएको हो ।

०००
– हेटौंडा प्रतिनिधि संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x