साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यानडामा कविता कार्यक्रमको २७ औँ शृङ्खला

साहित्य सामाजका अध्यक्ष खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न कविता कार्यक्रम महासचिव मोहन खरेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा १९ जना स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

नेपाली साहित्य समाज क्यानडाद्वारा भर्चुअल कविता वाचनको सत्ताइसौं शृङ्खला गत फेब्रुअरी २६ आइतबार साँझ ७ बजे सम्पन्न भयो । हरेक महिना सञ्चालन हुँदै आएको कविता कार्यक्रममा क्यानाडा अमेरिकाका साहित्यिक सर्जकहरूले नियमित रुपमा भाग लिने गरेका छन् ।

नेपाल, भारत र युरोपका सर्जकले पनि बेलाबखत भाग लिने गरेको यो कार्यक्रममा प्राज्ञ एवम् वरिष्ठ साहित्यकारलाई पनि आमन्त्रण गर्ने गरिएको छ । समाजले हरेक तीन महिनामा साहित्यिक सुसेली पनि प्रकाशन गर्दै आएको छ ।

साहित्य सामाजका अध्यक्ष खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न कविता कार्यक्रम महासचिव मोहन खरेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा १९ जना स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । खेम गुरागाईंले ‘अव्यक्त प्रेम’, राजेन्द्र कार्कीले ‘साझा यात्रा’ र पुण्यसागर मरठ्ठाले ‘प्रेमको प्रचार’ शीर्षकका कविता वाचन गरेपछि युवराज भण्डारी, रविन्द्र लम्साल, माधव बराल, रोनभ काफ्ले र निभान काफ्लेले गजल वाचन गर्नु भएको थियो ।

त्यसपछि मुक्ति गौतमले ‘विवश बाबु’, मोहन खरेलले ‘भोक’, लिलानाथ पाण्डेले ‘अर्थ के नै रह्यो र’, रविन थपलियाले छन्द कविता ‘मेरी उनीलाई’, दिनेश धरेलले ‘ध्रुव तारा’, पारु पाण्डेले ‘समय प्रवाह’, तुल्सी धरेलले ‘म अनि मेरा प्रतिविम्बहरू’, देवी घिमिरेले ‘रातो गुलाफ’, राधिका कुसुमले ‘सपना’ र जयराम सिम्खडाले ‘पानी बन्ने मन छ मलाई’ शीर्षकका कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा गोविन्द सिंह राउत र गोपाल काफ्लेको पनि सहभागिता थियो ।

विदेशमा बसेर पनि नेपाली भाषामा बुलन्द कविता वाचन गर्ने साना भाइहरू रोनभ काफ्ले र निभान काफ्ले कार्यक्रमका आकर्षण थिए । कार्यक्रमको समापनमा समाजका अध्यक्ष खेम गुरागाईंले भर्चुअल कविता कार्यक्रममा भाग लिने स्रष्टाहरूको सिर्जनाको स्तर दिनदिनै वृद्धि हुँदै गरेको बताउँदै कार्यक्रमको समापन गर्नु भयो । हरेक महिनाको अन्तिम आइतवार हुने यो कार्यक्रमको अठ्ठाइसौं शृङ्खला आगामी मार्च २५ तारिखमा हुने छ ।

०००
-क्यानाडाबाट माधव बराल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x