सुलसुलेअन्तरक्रिया कार्यक्रम, दुई स्रष्टा सम्मानित
कार्यक्रममा उदयपुर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, १ नं प्रदेशसभा उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गीता रेग्मी र सम्झना पाख्रिनको उपस्थिति रहेको थियो ।

उदयपुर, २०७९ फागुन १४ । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाको आयोजनामा उदयपुरको गाईघाटमा ’भाषा साहित्य कलासंरक्षण संवर्धदनमा हाम्रो दायित्व’ विषयक छोटो मीठो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उदयपुर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, १ नं प्रदेशसभा उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गीता रेग्मी र सम्झना पाख्रिनको उपस्थिति रहेको थियो । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले भाषा साहित्य कला संस्कृति हामी सबैको साझा कुरा भएकोले यसको संरक्षण संवर्ध्दनमा आफ्नो तर्फबाट कानूनी प्रक्रिया हेरेर सहयोग गर्ने बताउनु भयो ।
१ नं प्रदेशसभाका माननीय उपसभामुख सिर्जना दनुवारले हामी बसेको समाजभित्रका विकृति विसंगति पूणर् संस्कारलाई पन्छाएर सुधार सहितको प्रगतिशील संस्कृति भित्र्याउन आवश्यक रहेको छ भन्दै समाजमा विद्यमान विकृतिले समस्या उत्पन्न हुँदा समाधानमा उतिकै चुनौती रहेको बताउनु भयो ।
यसैगरी प्रदेशसभा सदस्य गीता रेग्मीले प्रगतिशील लेखक सङ्घ उदयपुरले भाषा साहित्य कला संस्कृतिका क्षेत्रमा र समाजमा विद्यमान पुरातनवादी संस्कार हटाउन निरन्तर लागि परेकोले यसबाट समाज परिवर्तनमा सहयोग पुग्ने हुँदा यस्तो कार्यमा आफू सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बोधकुमार घिमिरेले राजनीतिक संस्कारले हाम्रो परिवेश नै बिग्रिएको हुँदा यसको असर भाषा साहित्य कला संस्कृतिमा परेको बताउनु भयो । यस्तै बुद्विजिवी केवलप्रसाद पोखरेलले पनि संस्कृति देखासिकीबाट बिग्रिने सम्भावना बढी हुने भएकोले बिचार गरेर समाजले आफ्नै तरिकाले निर्माण गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले प्रलेस नेपालको बारेमा संक्षिप्त जानकारी दिनुका साथै कार्यक्रम संचालन प्रलेस उदयपुरका सचिव श्याम ढुङ्गानाले गर्नु भयको थियो । कार्यक्रममा प्रलेस उदयपुरका पूर्व अध्यक्ष दुर्गाकुमार थापा र मधुकर थापालाई प्रलेस उदयपुरको संगठन विस्तार तथा प्रगतिशील साहित्य लेखनमा योगदान पुर्याए वापत सम्मान गरिएको थियो ।
०००
– गाईघाटबाट गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest











































