साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’ २०२३ बाट सम्मानित हुनुहुने भएको छ ।

Nepal Telecom ad

काठमाडौ, फागुन २३, २०७९ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’ २०२३ बाट सम्मानित हुनुहुने भएको छ ।

सो निर्णय  अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सम्मानित हुनुहुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र संस्थागत योगदानको उचित मूल्याङ्कन भएको छ । वि. सं. २००० बैशाख ८ गते चुहानडाँडा, आठराई, तेह्रथुममा जन्मिनु भएका सिटौलाका ‘केही विवेचना’ (समालोचना), ‘गोठालाहरू’(निबन्धसङ्ग्रह), ‘अर्को प्रहर’, र ‘नयाँ मुलुकको नाद’ (कवितासङ्ग्रह), ‘परिभ्रमण’ (यात्रानिबन्ध), ‘संघर्ष किन ?’ (नाटक), ‘वाण्डेरिङ एस्सेज’ (अङ्ग्रेजी समालोचना), ‘नवआलोक’ (वृहत् काव्य), ‘सिद्दि-सुधा’ (आधुनिक महाकाव्य), ‘जीवन बाँसुरी’ (गीतिसङ्ग्रह), ‘द न्यु ब्रेथ’ (अङ्ग्रेजी कवितासङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित रहेका छन् ।

सिटौला भानु पुरस्कार, नेपाल सरकारबाट देवकोटा राष्ट्रिय साहित्य पुरस्कार २०७७ तथा अमेरिकाको पोयट सोसाइटी अफ अस्टिनबाट ‘कवि राजदुत’ बाट सम्मानित भइसक्नु भएको छ ।

अध्यक्ष पूजाका अनुसार अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप सो पुरस्कार प्रदान गरिने भएको हो ।

नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि न्यूयोर्कमा स्थापित तारा-किशन फाउण्डेशनको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ ।

आगामी मार्च १०-१२ मा हुने अनेसासको बोस्टन सम्मेलनमा साहित्यकार सिटौलालाई पुरस्कृत गरिने जानकारी महासचिव विमला निरौलाले बताउनु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x