साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभिन्न नारी स्रष्टालाई लोकप्रिया पुरस्कार

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ (संयोजक), सदस्यहरू पद्यावती सिंह र पारश नेपाल रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

Nepal Telecom ad

काठमाडौंं, फागुन २४, २०७९ । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा गरेको छ । आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा ‘शीला’ २०६७, गोमा शर्मा २०६८ गुहावटी, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७०, जलेश्वरी श्रेष्ठ २०७१, पूनम काफ्ले २०७२ अमेरिका, गङ्गा कसजु २०७३, डा. ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री २०७६ दार्जीलिङ, वीणा हाङ्खिम २०७७ दार्जीलिङ, डा. पुष्पा शर्मा २०७८ सिक्किम र लतिका जोशी २०७९ सिलगढी रहेका छन् ।

सो निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ (संयोजक), सदस्यहरू पद्यावती सिंह र पारश नेपाल रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

वि.सं. २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा साहित्यकार शशी रिमालले गरेकी हुन् । नगद तीन हजार एकसय राशी रहेको “लोकप्रिया पुरस्कार”बाट यसअगि साहित्यकारहरु लक्ष्मीराजदेवी राजभण्डारी र प्रा.डा. गार्गी शर्मालाई प्रदान गरिने संघले घोषणा गरिसकेको छ ।

यसअगि यस पुरस्कारबाट साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन् ।

०००
तस्विर : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x