साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुराम आचार्य र नेपालको इतिहास : प्रज्ञा प्रवचन

आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा ’बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौँ, २०७९ फागुन २९ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा ’बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।

यस अवसरमा प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको पुनर्लेखनबारे जोड दिँदै इतिहास शिरोमणि बाबुराम आचार्यको योगदानबारे चर्चा गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा इतिहास शिरोमणि बाबुराम आचार्यले समग्र नेपालको इतिहास लेखनका साथै साहित्य र समालोचनालाई समेत प्रवृत्तिगत रूपले केलाउन सफल रहेको धारणा राख्नुभयो ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. जगमान गुरुङले बाबुरामआचार्यबाट इतिहास लेखनको स्वाभिमान सिक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ सदस्य दिनेशराज पन्तले इतिहास लेखनका क्रममा बाबुराम आचार्यले कहिल्यै पनि शासकसँग नझुकेको बारे चर्चा गर्नुभयो ।

प्राज्ञ परिषद् सदस्य तथा सभाध्यक्ष डा.कौशिला रिसालले इतिहास र समाजशास्त्रको अध्ययन र विश्लेषणबारे ध्यानाकर्षण भएको बताउनुभयो ।

इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले राणाकालीन कालो इतिहासलाई बाबुराम आचार्यले उजागर गरेर युगिन योगदान पुर्‍याएको बारे चर्चा गर्नुभयो । अर्का इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले बाबुराम आचार्यले इतिहास लेखनमा अनिवार्य राख्नुपर्ने पाद टिप्पणी र वि.सं. नराखी इ.सं.को प्रयोग गरेकोमा आलोचना हुने गरेको बताउँदै भीमसेन थापामाथि पूर्वाग्रह राखेको बारे प्रष्ट पार्नुभयो । साथै पूर्वराजदूत राजेश्वर आचार्यले बाबुराम आाचार्यले इतिहास लेखनमा प्रेरणादायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रस्तुत प्रवचन कार्यक्रममा धन्यवाद व्यक्त गर्दै इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिवले बाबुराम आचार्यले इतिहासको क्षेत्रमा बाबुरामले पुर्‍याएको योगदानबारे खोजअनुसन्धान हुनुपर्ने विषयमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभयो ।

०००
– चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x