साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक सम्पादकहरु सम्मानित र पुरस्कृत हुँदै

पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई जना सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०७९ फागुन २९ । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई जना सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ ।

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’बाट अग्रज पुस्तक सम्पादक प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई सम्मानित गरिने छ । सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव सम्पादन सम्मान-२०७९’बाट शारदा मासिकका सम्पादक विमल भौकाजीलाई सम्मानित गरिने छ ।

यसैगरी नगद ११ हजार १ सय रुपैयाँ राशीसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार-२०७९’बाट कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा विभिन्न पुस्तकका सम्पादक पारशप्रकाश नेपाललाई पुरस्कृत गरिने छ ।

यसैगरी ५ हजार ५ सय रुपैयाँ राशीको ‘सापस स्वणर् महोत्सव सम्पादन प्रतिभा पुरस्कार-२०७९’बाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी रोयल आचार्यलाई पुरस्कृत गरिने छ ।

पुस्तक सम्पादकलाई सम्मान र पुरस्कारको घोषणा सम्भवत यो पहिलो निर्णय हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x