साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनलाई अभिनन्दन गरिँदै

कलाकार दुर्गा बराल वात्स्यायन ८१ वर्ष प्रवेशको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरूले उहाँको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ ।

Nepal Telecom ad

पोखरा, ०७९, चैत ३ । वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन ८१ वर्ष प्रवेशको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरूले उहाँको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ ।

पोयुसापले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । बराल यही चैत ५ गते ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्दै हुनुहुन्छ ।

१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिनु भएका कलाकार बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उहाँले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्‍याउन अतुलनीय योगदान गर्नुभएको छ । पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गर्नुभएको छैन, थुप्रै अनुजहरूलाई दीक्षित गर्नुभएको छ ।

बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसङ्गति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनुभएको छ । साथसाथै व्यङ्ग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पुर्‍याउनु भएको छ ।

पोखरामा शारीरिक सुगठन कला भित्र्याउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिनुपर्छ । त्यसो त पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उहाँको कम्ती योगदान छैन ।

“राजधानी काठमाडौं बस्न छाडी जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किनुभएका कलाकार बराल पोखरा यो देशकै अमूल्य रत्न हुनुहुन्छ । उहाँको अभिनन्दन गर्ने अवसर पोखरेली युवा सांस्कृतिक परिवार र यहाँका साहित्यक तथा वाङ्मयिक संस्थाहरूका निम्ति सुनौलो सौभाग्य हो ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चैत ५ गते कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट शुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूणर् पोखरेलीजनलाई हार्दिक आमन्त्रण गरिएको छ ।

०००
– शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x