साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रन्जना निरौलाको कविताकृति ‘द रिदम अफ पेन’ लोकार्पण

भारतको भुवनेस्वर स्थित स्वस्त्ति होटेलमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।

Nepal Telecom ad

साहित्यकार रन्जना निरौलाको नयाँ कवितासङ्ग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ ।

भारतको भुवनेस्वर स्थित स्वस्त्ति होटेलमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा उक्त पुस्तक लोकार्पण गरिएको थियो । कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गितिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकारहरू तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासङ्ग्रहको विमोचन गर्नु भएको थियो ।

कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोल्नु भएको थियो । वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अङ्ग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासङ्ग्रह ‘द रिदम अफ पेन’ अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ ।

उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।
कवितासङ्ग्रह ‘द रिदम अफ पेन’ को मूल्य १९९ भारु रहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x