साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चितवन साहित्य परिषद् (चिसाप)द्वारा दुई स्रष्टा सम्मानित

चितवन साहित्य परिषद् (चिसाप)मा शनिबार भएको कार्यक्रममा स्रस्टाहरू उदय अधिकारी र सनत रेग्मीलाई सम्मान गरिएको छ ।

Nepal Telecom ad

चितवन, ०७९ चैत ४ । चितवन साहित्य परिषद् (चिसाप)मा शनिबार भएको कार्यक्रममा स्रस्टाहरू उदय अधिकारी र सनत रेग्मीलाई सम्मान गरिएको छ ।

भरतपुरनिवासी स्तम्भवार्ताकार, समीक्षक तथा अध्यापक उदय अधिकारीलाई ‘चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९’ बाट सम्मान गरिएको हो । नगद १५ हजार ४५ रुपैयाँ र कदरपत्रसहित प्रमुख अतिथि गोविन्दराज विनोदीले स्रस्टा अधिकारीलाई सम्मान गरे ।

साहित्यकार सरस्वती रिजाल र गायत्री श्रेष्ठले अक्षयकोषमार्फत संयुक्तरूपमा स्थापना गरेको यो पुरस्कार २०७४ सालदेखि दिन थालिएको हो । पहिलोपटक ‘बन्धनबाट मुक्ति’ आत्मकथाका लागि रुकु कार्कीलाई दिइएको यो पुरस्कार २०७५ मा प्रभाकर पण्डितको कवितासङ्ग्रह ‘तिर्खाको लय’लाई दिइएको थियो । त्यसपछि २०७६ मा गंगा लिगल, २०७७ मा कथाकार माया ठकुरी र २०७८ मा कवि एवम् कथाकार इन्द्रकुमार सरित्को व्यक्तित्व र कृतित्वलाई दिइएको थियो । अधिकारीका ‘प्रश्न’ र ‘फेसिङ अ लिटिल भोल्क्यानो’ पुस्तक प्रकाशित छन् । दुबै पुस्तकमा स्रस्टासँगका कुराकानी संकलित छन् ।

त्यसैगरी बाँके जिल्लाको नेपालगन्ज निवासी स्रस्टा सनत रेग्मीलाई चिसाप गीताश्री साहित्य पुरस्कार-२०७९ प्रदान गरिएको छ । चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष श्रीभक्त अच्युत वाग्ले र गीता वाग्ले संरक्षक रहेको यो पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । यो पुरस्कारको राशी ३५ हजार ४५ रुपैयाँ रहेको छ । रेग्मी कथाकार हुन् ।

सम्मानित स्रस्टाहरूका बारेमा गणेश श्रमण, कपिल अज्ञात, सरस्वती रिजाल र गायत्री श्रेष्ठले बोलेका थिए । स्रस्टा सरस्वती रिजालले उदय अधिकारी अन्य स्रस्टालाई उदय गराउन हौसला र प्रेरणा दिने अभियन्ता भएको बताइन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x