साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार सापकोटाको उपन्यास ‘चिसो बाफ’ सार्वजनिक

प्राज्ञ अमर न्यौपाने, समालोचक ज्ञानु अधिकारी, पत्रकार दीपक सापकोटा र उपन्यासकार गोपी सापकोटा चार जनाले उक्त उपन्यास लोकार्पण गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत १८ । शब्दपथ परिवारका सदस्य साहित्यकार गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’ आज काठमाडौँको मण्डला नाटकघरमा लोकार्पण भएको छ ।

प्राज्ञ अमर न्यौपाने, समालोचक ज्ञानु अधिकारी, पत्रकार दीपक सापकोटा र उपन्यासकार गोपी सापकोटा चार जनाले उक्त उपन्यास लोकार्पण गरेका हुन् ।

औपचारिकता निर्वाह नगरी विना सभापति, विना प्रमुख अतिथि, आसन ग्रहण, खादा माला केहीको पनि औपचारिकता निर्वाह नगरी प्रकाशकको तर्फबाट नरेन्द्रकुमार नगरकोटीद्वारा सञ्चालित उक्त कार्यक्रममा लोकार्पण गर्ने तीनै जना अतिथिहरू दीपक सापकोटा, ज्ञानु अधिकारी र अमर न्यौपानेले ‘चिसो बाफ’ लाई सरल भाषामा लेखिएको प्रयोगधर्मी उपन्यास भनेर चर्चा गरेका थिए ।

उपन्यासको पहिलो अध्याय पढेर नै मनमस्तिष्क बिथोलिएर केही बेर पढ्न रोकिएको कुरा तीनै जना वक्ताहरूले स्वीकार गरे । ‘चिसो बाफ’मा लाससँग सम्भोग गरिएको प्रसङ्ग भएको कुरा भन्दै प्लास्टिकको रुखको विम्बप्रति पनि वक्ताहरू आकर्षित भएको बताए । त्यसो त अमर न्यौपानेको तर्फबाट उपन्यास सम्पूणर् पढिसकेपछि बालुवामा लेखिएका कुरा छालले मेटिए भन्नेजस्ता टिप्पणी पनि आए ।

उपन्यासकार गोपी सापकोटाले चाहिं नेपालमा लेखिने एकै खालका उपन्यासहरूबाट छुट्टै खालको उपन्यास आफूले लेख्ने प्रयास गरेको भन्ने कुरा खुलस्त पार्नु भयो र अलिकति फरक केही लेख्छु भनेर ‘चिसो बाफ’ लेखेको हुँ भनेर स्पष्ट पार्नु भयो ।

करीब एक घण्टा अवधिको उक्त कार्यक्रममा साहित्यकारहरू पुष्कर लोहनी, सुमन वर्षा, मुरारि सिग्देल, गोपीकृष्ण ढुङ्गाना, किशोर पहाडी, छविरमण सिलवाल, डि.आर. राई, मधुसुदन घिमिरे आदि सहित ३०/४० जना साहित्य अनुरागीहरूको उपस्थिति थियो ।

०००
स्रोत  : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x