साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्व विद्यार्थीकाे रजत महोत्सवमा गुरूहरू सम्मानित

विद्यालयका पूर्व प्रधानाध्यापकहरू दामोदरप्रसाद भण्डारी, भीमसेन खत्री सहित २५ जना शिक्षक शिक्षिकालाई विशेष सम्मान गरिएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत १८ । श्री गणेश मा. वि. का पूर्व विद्यार्थीहरूले  विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाएका छन् ।

महोत्सवकै अवसर यस विद्यालयका पूर्व विद्यार्थीहरूको समूह ‘२०५४ सेरोफेरो’ले विद्यालयका संस्थापक १०२ बर्षीय शताब्दि पुरुष श्री चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यमा विद्यालयका पूर्व प्रधानाध्यापकहरू दामोदरप्रसाद भण्डारी, भीमसेन खत्री सहित २५ जना शिक्षक शिक्षिकालाई विशेष सम्मान कार्यक्रम गरेको छ भने लायन्स क्लबको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

पूर्व विद्यार्थीहरूको समूह ‘२०५४ सेरोफेरो’ आउँदो शैक्षिक सत्रबाट एकजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूणर् छात्रवृत्ति पनि घोषणा गरेको छ । यसअघि पनि यस समूहले बागद्वार सरसफाई, कोभिडमा साथीहरूकै आर्थिक सहयोगमा राहत वितरण आदि सामाजिक कार्यहरू पनि गर्दै आएको थियो !

आफूले अध्ययन गरेको गणेश मा वि चपली बूढानीलकण्ठमा २०५४ सेरोफेरोका विध्यार्थीहरूले स्कुलका संस्थापक तथा गुरूहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन् ।

०००
– साधुराम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x