साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मासिक रचना वाचन सम्पन्न

उदयपुर साहित्य कला प्रतिष्ठानको मासिक रचना वाचन कार्यक्रम शनिवार नेपाल निजामती कर्मचारी संगठन भवनमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

उदयपुर गाईघाट, २०७९ चैत्र २५ । उदयपुर साहित्य कला प्रतिष्ठानको मासिक रचना वाचन कार्यक्रम शनिवार नेपाल निजामती कर्मचारी संगठन भवनमा सम्पन्न भएको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबारका दिन नियमित रूपले हुने रचना वाचन कार्यक्रमको यो पहिलो श्रृङ्खला हो ।
उदयपुर साहित्य कला प्रतिष्ठानले स्थापनाका समयदेखि विविध कार्यक्रम गर्दै आएको छ । यस पटकदेखि प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचन गरेर आफ्नो कार्यक्रमलाई नियमितता दिने निणर्य गत फागुन २३ गतेको बैठकले निणर्य गरेको थियो ।

आजको रचना वाचन कार्यक्रममा बालकृष्ण भट्टराई,सीमा मास्के, सम्झना राई असफल, हर्कनारायण श्रेष्ठ,पावल पन्थ प्रेरित राई जल, विष्णु बहादुर खड्का, कीर्ति बहादुर खड्का,उद्धव घिमिरे, महेन्द्रकुमार राई, माधव पोखरेल गोज्याङ्ग्रे लगायत दर्जन बढी स्रष्टाहरूले गीत गजल मुक्तक कविता लघुकथा हाइकू वाचन गरेका थिए ।

कार्यक्रममा उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष र उपाध्यक्ष काम विशेषले बाहिर रहेका कारण कार्यक्रमको अध्यक्षता र संचालन सामुहिक रूपमा भयको थियो भने संयोजन भने संस्थाका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले गरेका थिए ।

०००
गाईघाटबाट माधव गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x