सुलसुलेनयाँ वर्षको शुभकामना आदानप्रदान सँगै कवि गोष्ठी
समाजको उपाध्यक्ष विमल अर्यालको सभापतित्व मन्तव्य र कविता वाचन, निर्मलरमण पराजुलीको प्रमुख आतिथ्य मन्तव्य रहेको थियो ।

काठमाडौं, ०७९ चैत २५ । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकर्णेश्वर न.पा. काठमाडौंमा नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान विशेष कविगोष्ठी सम्पन्न भएको छ ।
समाजको उपाध्यक्ष विमल अर्यालको सभापतित्व मन्तव्य र कविता वाचन, निर्मलरमण पराजुलीको प्रमुख आतिथ्य मन्तव्य रहेको थियो ।
कार्यक्रममा मुक्तक तथा कविता वाचन, अच्युत पौडेल चिन्तनको कविता वाचन, बाजुराम पौडेल र नवराज पुडासैनी ज्योत्स्नाको विशेष आतिथ्य र कविता वाचन, सह कोषाध्यक्ष श्री शारदा पराजुलीको उद्घोषकत्व तथा रचना वाचन र कोषाध्यक्ष श्री घनश्याम प्रसाईको स्वागत मन्तव्य र कविता वाचनबाट आजको कार्यक्रम शुभारम्भ भएको थियो ।
समाजका सचिब श्री परशुराम पराजुली पराशरले एक रचना वाचन गर्नुका साथै आज प्रस्तुत रचनाहरूको समीक्षा गर्दै, सुरेशचन्द्र घिमिरे, प्रदीपरत्न शाक्य र राजबाबु श्रेष्ठ सागरलाई उहाँहरूले वाचन गरेका रचनाहरूलाई उत्कृष्ठ ठहर्याई प्रोत्साहनस्वरुप केही पुस्तक र पत्रपत्रिका पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।
अन्य सहभागीहरूमा सुशील आचार्य, दुर्गा अधिकारी भ्रमरकोटे, बद्रीप्रसाद सुवेदी, मेनका पोखरेल, बाजुराम पौडेल, राजेशमान के.सी., भवानी सापकोटा, गङ्गाप्रसाद भेटवाल, किर्ते पौडेल, पवन सङ्ग्रौला, रामकुमार पण्डित, दुर्गा भवानी भट्ट, उर्मिला पन्त पाण्डेय, सुरेशचन्द्र घिमिरे निश्चल, ध्रुव भण्डारी, अमरनाथ घिमिरे, हस्त बहादुर, निर्मला भट्टराईलगायत चालिसजना रहनुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































