सुलसुलेसाहित्यकार भूपिन पोषण पाण्डे तीर्थ सदनद्वारा सम्मानित
वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक समितिले गरेको उक्त निर्णयलाई पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको छ ।

काठमाडौ, ०७९ चैत २५ । साहित्य अनि समाजमा योगदान पुर्याउने उद्देश्यले स्थापित पोषण पाण्डे तीर्थ सदनले यस वर्षको साहित्य पुरस्कारबाट सहित्यकार भूपिनलाई वहाँको साहित्य प्रतिको योगदानको कदर गर्दै सम्मानित गर्ने भएको छ ।
वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक समितिले गरेको उक्त निर्णयलाई पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको छ । निर्णायक समितिका अन्य दुई सदस्यमा वरिष्ठ साहित्यकार प्राध्यापक डा.कुमार कोइराला तथा सदन महासचिव रन्जु पाण्डे रहनु भएको छ ।
बि.सं. २०३० मा बाग्लुङमा जन्मनु भइ हाल चितवनमा बस्दै आउनुभएको साहित्यकार भूपिन लामो समयदेखि साहित्य साधनामा अनवरत रुपमा लागिरहनुभएको छ ।
कविता, निबन्ध, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएको वहाँ नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट सम्मानित हुनु भएको छ भने आफ्नो पछिल्लो कृति ‘मैदारो’ (उपन्यास) को लागि वहाँलाई २०१९-२० अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारले समेत सम्मान गरेको छ ।
पोषण पाण्डे तीर्थ सदनको यस पुरस्कारले उहाँको साहित्यिक यात्रामा राजमार्ग खुलाउँदै जाने शुभकामना सहित उहाँलाई यही आउँदो २०८० बैशाख ७ गते काठमाडौको रामहिटीमा अवस्थित साहित्य सदनमा (कदर पत्र तथा नगद रु. तीस हजार सहित) सम्मान गरिने छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































