साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न

स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि.सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुभयाे ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ५ । सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि.सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटापछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको विचार प्रस्तुत गर्नुभयो ।

उक्त स्मृति सभामा पारिजात स्मृति केन्द्रका संरक्षक एवम् पारिजातकी बहिनी सुकन्या वाइबा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा २०७९ का लागि प्रदान गरिएका पारिजात सम्मानहरू प्राप्त गर्नुहुने विशिष्ट व्यक्तित्वहरू पारिजात सङ्घर्षशील नारी सम्मान- २०७९ प्राप्त गर्नुहुने सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान – २०७९ प्राप्त गर्नुहुने साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान- २०७९ प्राप्त गर्नुहुने बालसाहित्यकार गङ्गा कसजू र पारिजात कला सम्मान- २०७९ प्राप्त गर्नुहुने सङ्गीतकार गुज्जे मालाकारले संक्षिप्त मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनाले उक्त कार्यक्रमको संचालन गर्नुभएको थियो भने इसास कीर्तिपुरका कलाकारहरूले पारिजात गीत प्रस्तुत गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x