साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्छ कस्को धरालो !

दलन दमन गर्ने चोर सत्ता अँगालो कहर कलुष दाता धुन्धुकारी सँगालो हर प्रहर कलोमा भुल्न थाल्छन् छ जालो टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।६

Nepal Telecom ad

वरपर गणिका छन् थुन्छ कोही गरालो
छलफल हुलका छन् खान खोज्ने बिरालो
दलबल खलका छन् जान खोज्छन् उकालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।१

धन र महल ताक्ने तुच्छ स्वार्थी छ कालो
करमकरम पार्छन् दुष्ट ताना छ मैलो
सुटुसुटु तह पार्छन् भ्रष्ट पारा छ थैलो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।२

रजगज ढिकुटीमा स्वाद फेर्ने छ पालो
रनवन सुकुटीमा खान मार्सी छ पालो
कपट छ चकटीमा राजधानी छ डालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।३

गडबड सब गर्दै राज्य सत्ता करालो
तलतल शिर झुक्दा छैन लज्जा छ गालो
तहसनहस पार्दै देश बेच्छन् तगालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।४

दिगमिग सपना झैं लाग्न थाल्यो तुवाँलो
रिमझिम गहना झैं भाग्न थाल्यो बियाँलो
खलदल भरियाको घेर्न थाल्यो निगालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।५

दलन दमन गर्ने चोर सत्ता अँगालो
कहर कलुष दाता धुन्धुकारी सँगालो
हर प्रहर कलोमा भुल्न थाल्छन् छ जालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x