साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको स्रष्टा सम्मान कार्यक्रम

आयोजक अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको जन्मदिनको अवसरमा आयोजित यस कार्यक्रममा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न ।

Nepal Telecom ad

काठमाडौँ, ०८० वैशाख ९ । घुम्ती कविगोष्ठी नेपालको १२५ औँ काव्यगोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आयोजक अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको जन्मदिनको अवसरमा आयोजित यस कार्यक्रममा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, घुम्ती कविगोष्ठी नेपालका सल्हाकार प्रदीपरत्न शाक्य, नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुल, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्री, आलेखका सम्पादक साहित्यकार अच्युत घिमिरे, पत्रकार अच्युत घिमिरे बुलबुल, वरिष्ठ कवि एवम् पत्रकार मुरारी सिग्देल, कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिका सम्पादक निबन्ध आचार्य, साहित्य प्रचारक गङ्गाप्रसाद भेटवाल र सुरेश घिमिरे निश्चिन्तको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमाणपत्र र दोसल्लाले सम्मानित हुने स्रष्टाहरूमा वरिष्ठ उपन्यासकार शङ्कर भारती, वरिष्ठ कवि कात्यायन, व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुन, कवि तथा कथाकार रञ्जु खनाल हुनुहुन्थ्यो ।

३५ जनाको उपस्थिति रहेको यस कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष माधवलाल श्रेष्ठको स्वागत मन्तव्य र कविता वाचनबाट कार्यक्रम सुरु भएको थियो । यसै कार्यक्रममा अतिथि र सम्मानित व्यक्तित्व लगायत नारायण नेपाल, धनपति ढुङ्गेल, शारदा पराजुली, रामचन्द्र दाहाल, घनश्याम प्रसाईं, अच्युत पौडेल चिन्तन, सुरेशचन्द्र घिमिरे, राजेशमान केसी, सुशील आचार्य, सङ्गीता ढुङ्गाना, लिलाराज दाहाल, शान्ति रिसाल, सुमन पुडासैनी मित्र, उर्मिला पन्त पाण्डे, भवानी अर्याल र परशुराम पराशरले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वहरूको तर्फबाट शङ्कर भारतीले मन्तव्य दिनुभएको थियो भने आयोजक गोविन्द घिमिरे वेदमणिले पुनः स्वागत गर्दै आफ्नो जन्मदिनको अवसरमा बधाई दिने सबैलाई धन्यवाद दिनुहुँदै घुम्ती कविगोष्ठीको बारेमा बताउनुभएको थियो ।

बिहान ८ बजेबाट सुरु भएको यस कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठीका पूर्व अध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

०००
– परशुराम पराजुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x