साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ७६औं शृङ्खला सम्पन्न

छत्रभूषण दाहाल, नारायण नेपाल, गंगाप्रसाद भेटवाल लगायतका अतिथिको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष अर्यालले उपस्थित साहित्यकारहरूलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर कार्यक्रमको शुभारम्भ गरेपछि वाचनको शृङ्खला चलेको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ९ । मनोहरा साहित्य समाजले आज आफनो ७६औं शृङ्खला सम्पन्न गरेको छ । समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव भावकेशर बरालले गर्नुभएको थियो ।

छत्रभूषण दाहाल, नारायण नेपाल, गंगाप्रसाद भेटवाल लगायतका अतिथिको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष अर्यालले उपस्थित साहित्यकारहरूलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर कार्यक्रमको शुभारम्भ गरेपछि वाचनको शृङ्खला चलेको थियो ।

कार्यक्रममा जसध्वज गुरुङ, तोयानाथ सुवेदी, गंगाप्रसाद भेटवाल, लीलाराज दाहाल, आयुष्मा बानियाँ, भावना न्यौपाने, शर्मिला पोखरेल, सुमन पुडासैनी, नारायण नेपाल, घनश्याम प्रसाईं, भुवन शिवाकोटी, राजेशमान केसी, देवीप्रसाद मिश्र, नूरदेव खनाल, सम्पत् काफ्ले, भावकेशर बराल लगायतका स्रष्टाहरूले विभिन्न विधाका रचनावाचन गर्नुभएको थियो भने कपिल अर्याल, दीपकनाथ आचार्य, छत्रभूषण दाहाल लगायतका व्यक्तित्वहरूले आतआफ्ना भनाइ राख्नुभएको थियो ।

मीठा कविता, गीत, गजल, लघुकथा लगायतका सिर्जनाहरूको प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको थियो । जुनसुकै कार्यक्रममा पनि कहिले सोचेजति सङ्ख्या हुन्न तर महत्त्वपूणर् रचनाहरूले कार्यक्रमलाई यति स्वादिलो बनाइदिन्छन् कि मान्छेले उपस्थिति कम भएतिर ध्यानै दिन्न । कहिले रचना र उपस्थिति सोचेभन्दा कैयौं धेरै भए पनि रचनाको स्तर नपुग्दा र वातावरण अशान्त हुँदा एकदमै खल्लो अनुभव हुन्छ ।

कार्यक्रममा बरु सङ्ख्या धेरै नभए नहोस् रचना स्तरीय आऊन् । त्यो कार्यक्रमको ठूलो महत्त्व यसै छ भन्नुहुन्छ यसका अध्यक्ष डिल्लीराज अर्याल ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x