साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई कृति विमोचन गर्दै स्रष्टा सम्मान कार्यक्रम

सुसेली सामयिक संकलनको समीक्षा साहित्यकार हरिनारायण भट्टराईले गर्नुभयो भने झिल्को कथा संग्रहको समीक्षा विशिष्ट अतिथि लीला उदासीले गर्नुभयो ।

Nepal Telecom ad

झापा, काकरभिट्टा ०८०, बैशाख ९ । सुसेली साहित्यिक परिवार, काकरभिट्टा झापाको आयोजनामा काँकडभिट्टा खानेपानी समितिको सभाहलमा एक भव्य कार्यक्रमबीच सुसेली सामयिक संकलनको बिसौं अङ्क र विजय खरेलको चौधौं कृति ‘झिल्को’ (कथा संग्रह) को लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

सुसेली सामयिक संकलनको समीक्षा साहित्यकार हरिनारायण भट्टराईले गर्नुभयो भने झिल्को कथा संग्रहको समीक्षा विशिष्ट अतिथि लीला उदासीले गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि भाषाविद चूडामणि रेग्मी हुनुहुन्थ्यो भने विशिष्ट अतिथि साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासी हुनुहुन्थ्यो ।

यसैगरी अतिथिहरूमा राजेन्द्र संग्रौला, प्रा.डा. गंगाप्रसाद अधिकारी, भवानी छेत्री, राम कट्टेल, चूडामणि वशिष्ठ, विनोद खनाल, प्रेमप्रकाश फलाहारी, जीवनाथ सुवेदी, गणेश निरौला, भीम खवास, बिरही अधिकारी, हरिप्रसाद नेउपाने, मीना अधिकारी, मोक्ष खतिवडा, टोपलाल ज्ञवाली, जयप्रसाद आचार्य लगायतका साहित्यकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा सुसेली प्रतिभा पुरस्कारद्वारा मेचीनगर- ६ काकरभिट्टा निवासी मणिकुमार सुब्बालाई नगद रु एघार हजार सहित सम्मानपत्रद्वारा र डा मुकेशकुमार जनककुमारी चालिसे बैज्ञानिक पुरस्कार रु पन्द्र हजार र सम्मानपत्र सहित अग्रज पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कविहरू मोक्ष खतिवडा, दमयन्ती गिरी, विरही अधिकारी, जय आचार्य, तोयालाल दाहाल लगायतले कविता वाचन गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्वद्वय चन्द्र भण्डारी, मणि कुमार सुब्बा, भवानी छेत्री, प्रमुख अतिथि चूडामणि रेग्मी लगायतले मन्तव्य राख्नु भएको थियो ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता र सचिव कनक कार्कीले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

०००
– झापाबाट विनोद खनाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x