साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिफला विमर्श र कृति लोकार्पण

त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो

Nepal Telecom ad

धुलाबारी, झापा, ०८० वैशाख ११ । त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापामा “त्रिफला पच्चीस कदम विमर्श तथा कृति विमोचन कार्यक्रम” सम्पन्न भयो ।

त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो यो भने चन्द्र भण्डारी, उद्धव बिष्ट, होमनाथ भण्डारी विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बाबुराम श्रेष्ठ, जीवनहरि शर्मा, खगेन्द्र प्रसाईं, पुण्यप्रसाद खरेल, विष्णुकुमार भट्टराई, विनोद खनाल, नीलकण्ठ तिवारी, राधा घिमिरे, हेमन्तराज दवाडी, गोपाल संग्रौला, एन बी दाहाल, गंगा ओडारी लगायत अतिथि रहनु भएको थियो । कार्यक्रमको औचित्य र पुस्तकालयको आगामी योजनाबारे अध्यक्ष फलाहारीले प्रष्ट पार्नु भएको थियो भने उपाध्यक्ष रामप्रसाद दाहालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा सलिल ज्ञवालीद्वारा संकलित ‘पूर्वीय सभ्यता’ को जीवनहरि शर्माद्वारा पद्यानुवाद गरिएको कृतिको पनि सामुहिक रुपमा विमोचन गरिएको थियो ।

विमोचित कृतिको समीक्षात्मक टिप्पणी राजकुमार खड्काले गर्नु भएको थियो । कार्यक्रममा चन्द्र भण्डारी, उद्धव बिष्ट, खगेन्द्र प्रसाईं, नीलकण्ठ तिवारी, होमनाथ भण्डारी, विनोद खनाल लगायत प्रमुख अतिथिले मन्तव्य राख्नु भएको थियो ।

पुस्तकालयकी महासचिव टीका सुवेदीद्वारा संचालन गरिएको कार्यक्रममा साहित्यकार र विभिन्न संघ संस्थाका तर्फबाट १ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

०००
– झापाबाट विनोद खनाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x