साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार पुरस्कारको घोषणासहित रामगीता वाङ्मय मन्दिरको स्थापना

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा औचित्यका आधारमा स्थापना गरिएका स्रष्टा दम्पतीका नाममा बनाइएका छुट्टाछुट्टै नियमावली र कार्यविधिअनुसार पुरस्कार स्थापना गर्ने निणर्य गरिएको उल्लेख छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १० । अमेरिका न्यूयोर्कमा बस्दै आएका समाजसेवी राम खत्री र साहित्यकार गीता खत्रीले नेपाली समाजको रूपान्तरणका लागि सक्रिय साहित्यिक/सामाजिक अभियन्ताहरूलाई सम्मानित एवम् पुरस्कृत गर्ने उद्देश्यले ‘रामगीता वाङ्मय मन्दिर’को स्थापना गर्दै चार विभिन्न विधामा पुरस्कारको घोषणा गरेका छन् ।

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा औचित्यका आधारमा स्थापना गरिएका स्रष्टा दम्पतीका नाममा बनाइएका छुट्टाछुट्टै नियमावली र कार्यविधिअनुसार पुरस्कार स्थापना गर्ने निणर्य गरिएको उल्लेख छ ।

विज्ञप्तिअनुसार पर्वतीय नियात्राकार प्रतीक ढकाललाई उनी जीवित छँदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोध गरी ढकाल दम्पतीका नाममा प्रत्येक जोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको नेपाली ५० हजार रुपैयाँ नगद राशिको ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ स्थापना गरिएको छ ।

त्यस्तै नेपाली नाट्य विधाको संस्थागत विकासमा युगान्तकारी परिवर्तन ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्ने नाट्यशिल्पी अशेष मल्ललाई उनी जीवित छँदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोध गरी मल्ल दम्पतीको नाममा प्रत्येक जोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको नेपाली ५० हजार नगद राशिको ‘अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार’ स्थापना गरिएको छ ।

राम गीता वाङ्मय मन्दिरले नेपाली वाङ्मयको विकासमा निरन्तर सक्रिय वाङ्मय साधक नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईलाई जीवित छँदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोध गरी प्रसाई दम्पतीका नाममा प्रत्येक बिजोर वर्षमा दिइने गरी नेपाली ५० हजार नगद राशिको ‘नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ ।

नेपाली समाजमा युगीन चेतना भर्दै जनताको स्वास्थ्य, शिक्षा, उद्यमशीलता, पर्यावरण, देशभक्ति, विज्ञान, प्रविधि आदिजस्ता क्षेत्रमा उदाहरणीय काम गर्दै सामाजिक जागरणको भूमिका खेलिरहेका अभियन्ताहरूको सुकर्मलाई उचित सम्मान गरिनुपर्छ भन्ने आत्मबोध गरी समाजसेवी राम खत्री र साहित्यकार गीता खत्रीका नाममा प्रत्येक बिजोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको ५० हजार नगद राशिको ‘राम खत्री-गीता विशिष्ट नागरिक सम्मान’ स्थापना गरिएको मन्दिरका अध्यक्ष गीता खत्री तथा संरक्षक राम खत्रीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x