सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यकार आर.सी.रिजाल र पाणिनि विद्यालयलाई पुरस्कृत गरिँदै

नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा विगत चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि रिजाललाई यो पुरस्कार दिइने निर्णय गरिएको हो ।

Nepal Telecom ad

विराटनगर, ०८०, वैशाख १३ । सावित्रादेवी- अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले २०७९ सालको सावित्रादेवी- अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य साहित्य पुरस्कार साहित्यकार आर.सी.रिजाल (हेटौंडा) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी सावित्रादेवी- अच्युतप्रसाद खतिवडा शिक्षा पुरस्कार पाणिनि संस्कृत विद्यालय विराटनगरलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त दुवै पुरस्कारको राशि जनही २१०००/ एक्काइस हजार रहेको छ ।

नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा विगत चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि रिजाललाई र संस्कृत शिक्षाको उन्नयनमा दिएको योगदानका लागि पाणिनि विद्यालयलाई यो पुरस्कार दिइने निर्णय गरिएको हो । उक्त पुरस्कार यसअघि साहित्यकार लक्ष्मण नेवटिया, र कलाकार पारस थापालाई प्रदान गरिएको थियो ।

पुरस्कार आगामी वैशाख २२ गते बुद्ध जयन्तीका दिन विराटनगरमा प्रदान गरिने छ । कार्यक्रममा प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीको समेत आयोजना गरिने भएको छ । गोष्ठीमा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः पाँंच हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीमा सहभागी हुन चाहने कविले biwashpokharel@gmail.com मा २५० शब्दमा नबढाई आफ्ना अप्रकाशित कविता पठाउन सक्नु हुनेछ ।

प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त पुरस्कार प्रदान गर्ने र कविगोष्ठी गर्ने निणर्य गरेको हो ।

पुरस्कृत हास्यव्यङ्ग्य स्रष्टा आर.सी रिजाल फित्कौली डटकमसँग पनि आबद्ध हुनुहुन्छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad