सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविहरूलाई नेताको अर्ती

बरु मेरा वरिपरि झुम्मिने हनुमानहरूको बखान गर्नू बरु मेरा पर्चा, घोषणापत्र र भाषणहरूको बखान गर्नू नेताले कविहरूलाई भन्यो- “कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू ।

Nepal Telecom ad

नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूलाई गाली नगर्नू ।”

बरु मेरो आलिशान महलको प्रशंसा गर्नू
बरू मेरो करोडौँ पर्ने गाडीको प्रशंसा गर्नू
बरु मेरो ब्याङ्क ब्यालेन्सको प्रशंसा गर्नू
बरु मेरो त्याग, तपस्या र बलिदानको प्रशंसा गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको उछित्तो नकाढ्नू ।”

बरु मेरा रखौटीहरूको सुन्दरताको बखान गर्नू
बरु मेरा सन्तानहरूको व्यापार, चहलपहल र उछलकूदको बखान गर्नू
बरु मेरा वरिपरि झुम्मिने हनुमानहरूको बखान गर्नू
बरु मेरा पर्चा, घोषणापत्र र भाषणहरूको बखान गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू ।”

बरु मैले पालेका जखमले कुकुरहरूको तारीफ गर्नू
बरु मैले लगाएका सुट, पाइन्ट र टाईको तारीफ गर्नू
बरू मैले पिउने गरेका विभिन्न झोल पदार्थहरूको तारीफ गर्नू
बरू मैले चुसेर फालेका हड्डीहरूको तारीफ गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको खोइरो नखन्नू ।”

हिजो तपाईंहरू र म आन्दोलनमा सँगै थियौँ
हिजो तपाईंहरू र म अराष्ट्रियतत्वको नाममा सँगै वारेन्टेड भएका थियौँ
हिजो तपाईंहरू र म जेलमा सँगै परेका थियौँ
हिजो तपाईंहरू र म झुपडीमा सँगै बसेर गुन्द्रुक, ढिँडो र खोले खाएका थियौँ
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको धज्जी नउडाउनू ।”

समयको खेल हो
तपाईंहरू कवि हुनु भो
म नेता भएँ
मेरो काम भनेको राजनीति गर्ने हो
तपाईंहरूको काम भनेको कविता लेख्ने हो
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको उछित्तो नकाढ्नू
कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू
कविता लेख्दा अबदेखि नेताहरूको खोइरो नखन्नू
कविता लेख्दा अबदेखि नेताहरूको धज्जी नउडाउनू
कविता लेख्दा अबदेखि नेताहरूलाई गाली नगर्नू ।”

०००
२०८० वैशाख १३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने