साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कविता प्रतियाेगिता, पाँच कविता पुरस्कृत

हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनको कविता ‘जाँडरक्सी महोत्सव’ पहिलो, मकवानपुरका कवि प्रभास घिमिरेको कविता ‘बाँदर’ द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता ‘फलानो’ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।

Nepal Telecom ad

सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा ५ कविहरू पुरस्कृत हुनु भएको छ ।

वैशाख १९ गते स्थापना दिवसको सन्दर्भमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनको कविता ‘जाँडरक्सी महोत्सव’ पहिलो, मकवानपुरका कवि प्रभास घिमिरेको कविता ‘बाँदर’ द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता ‘फलानो’ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । यस्तै कास्कीका कवि संयोग बस्यालको ‘हामी’ तथा कमल घिमिरेको ‘नेताज्यूलाई स्वागत छ’ कविताहरू सान्त्वना स्थान प्राप्त गर्यो । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः रु. १५ हजार, १० हजार र ५ हजार रहेको थियो भने सान्त्वना २ जनाका लागि रु. ३ हजार राशी रहेको थियो । साथै अन्य सहभागीहरूलाई बाटो खर्चबापत केही रकम कविताको मायास्वरूप प्रदान गरिएको थियो ।

देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरू अनुपस्थित रहेका थिए । विषयवस्तु लेखन, हास्यव्यङ्ग्यको प्रयोग तथा वाचन लगायतका विविध मापदण्डलाई आधार मानी गरिएको मूल्याङ्कनमा २०० पूर्णाङ्क अङ्कभार तय गरिएको थियो । पहिलो चरणमा नरनाथ लुइँटेल, निमेष निखिल तथा आरसी रिजाल निणर्ायक रहनु भयो भने दोश्रो चरणमा नरनाथ लुइटेल र निमेष निखिलले मूल्याङ्कन गर्नु भएको हो ।

कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षा आदिको विकासमा जोड दिन शुरु गरेको बताउनु भयो । साथै साहित्य तथा बौद्धिक क्षेत्रमा गरिएको लगानीले उन्नत भविष्य निर्माणमा ठूलो टेवा पुग्ने तथा हास्यव्यङ्ग्यले समाजका विभिन्न क्षेत्रमा रहेका विसङ्गति, विकृतिलाई उठान गर्ने र सुधारका लागि सुझाव मिल्ने समेत बताउनु भयो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x