बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

जाँडरक्सी महोत्सव

राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ भोजभतेरमा रक्सी अनिवार्य भयो अब त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।

Nepal Telecom Spring Offer

 (सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला ।  -प्रधान सम्पादक))

अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।

विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।

गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तहलाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु पर्योन अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।

पर्यटकहरूलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरूखाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयोअब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।

अङ्ग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।

भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्योबेला जत्तिकै प्यारो गल्ली बन्नु पर्योछ अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।

राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।

०००
मोलुङ-५ ओखलढुङ्गा
हाल चागुनारायण न.पा.- ३ भक्तपुर
फोन ९८६०४७२५१०

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
हेटौँडा पाप गर्दछ

हेटौँडा पाप गर्दछ

डिल्लीप्रसाद मूलतिहुन
खाँटी राष्ट्रिय तस्कर

खाँटी राष्ट्रिय तस्कर

डिल्लीप्रसाद मूलतिहुन
बाह्रभाइ बा (५)

बाह्रभाइ बा (५)

डिल्लीप्रसाद मूलतिहुन
बाह्रभाइ बा (४)

बाह्रभाइ बा (४)

डिल्लीप्रसाद मूलतिहुन
बाह्रभाइ बा (३)

बाह्रभाइ बा (३)

डिल्लीप्रसाद मूलतिहुन
बाह्र भाइ बा (२)

बाह्र भाइ बा (२)

डिल्लीप्रसाद मूलतिहुन
गणतन्त्रले के के दियो ?

गणतन्त्रले के के दियो...

कृष्णशरण उपाध्याय पाैडेल
आम माफी

आम माफी

उत्तम विचार
हामी ग्वाँचे

हामी ग्वाँचे

भोलानाथ सुबेदी
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली