साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँडरक्सी महोत्सव

राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ भोजभतेरमा रक्सी अनिवार्य भयो अब त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।

Nepal Telecom ad

 (सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला ।  -प्रधान सम्पादक))

अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।

विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।

गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तहलाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु पर्योन अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।

पर्यटकहरूलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरूखाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयोअब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।

अङ्ग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।

भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्योबेला जत्तिकै प्यारो गल्ली बन्नु पर्योछ अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।

राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।

०००
मोलुङ-५ ओखलढुङ्गा
हाल चागुनारायण न.पा.- ३ भक्तपुर
फोन ९८६०४७२५१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x