साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौतम बुद्धलाई आग्रह

दुष्कर्मी दरिला दशा दिनदिनै संकष्टको सामना गाह्रो भेट्न यहाँ सुधा सदय वा सद्प्रेम सद्भावना जोगाऊ सुख शानशौकत सबै सम्मान वा इज्जत आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।

Nepal Telecom ad

काटामार कुकर्मका मनपरी बाधा दिएका अति
पूरै देश बिहालमा छ अहिले अग्ला भए दुर्मति
हिंसा हिंस्रक हैकमी चरितले हाहा भयो हालत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।१

नेकी नैतिकता निशाफ सकिए वैरी सदाचार भो
चोराचोर चकारको चकचकी सत्कर्म बेकार भो
निर्धा निम्छरको बिचल्ली बहुतै बाठा बने उन्नत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।२

निष्ठा नष्ट भए इमान पिटिए निःस्वार्थ निर्धा भए
सोझा शान्त सुभावका सविनयी ओझेल पर्दै गए
पापाचार जताततै अवगुणी लुच्चा भए ल्याकत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।३

झेलैझेल र झूट मात्र चुलिए सातो लिए द्वन्द्वले
काला कैफत क्लेशका बिगबिगी खोसे खुसी बन्दले
तानातान रबाफको रगरगी रित्ता भए राहत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।४

आशा क्षीण भए विसङ्गति बढे आक्रान्त छन् मानव
मीठो मानवता रुँदै मरिसक्यो मौलाउँदा दानव
पोलेको छ पलापला हृदयमा सन्तापले भत्भत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।५

दुष्कर्मी दरिला दशा दिनदिनै संकष्टको सामना
गाह्रो भेट्न यहाँ सुधा सदय वा सद्प्रेम सद्भावना
जोगाऊ सुख शानशौकत सबै सम्मान वा इज्जत
आऊ गौतम फेरि यो मुलुकमा खाँचो पर्‍यो तागत ।६

०००
(२५६७ औँ बुद्ध जयन्ति २०८०)

चन्द्रागिरि नगरपालिका, वा.नं.१३ -काठमाडौँ
हालः- न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x