साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्पपराग साहित्य प्रतिष्ठानको ८० औं रचना वाचन

कार्यक्रममा समाजसेवी तथा साहित्यप्रेमी शंकरप्रसाद मानन्धरले साहित्य र योगको सम्बन्धबारे प्रकाश पार्नु भएको थियो ।

Nepal Telecom ad

भक्तपुर, ०८० र्वशाख ३० । पुष्पपराग साहित्य प्रतिष्ठानको ८० औं रचना वाचन कार्यक्रम भक्तपुर लोकन्थलीको ॐ ज्ञान मन्दिर स्कूलमा सम्पन्न भयो ।

अनौपचारिक रुपमा सञ्चालन हुँदै आएको रचना वाचन कार्यक्रममा ढुण्डिराज पोखरेल, प्रजापति तिमिल्सिना, डा. भोजराज घिमिरे, डा.प्रदीप मैनाली, टीएन भट्ट, विश्वामित्र, भुवन शिवाकोटी चौघरे, रचना दाहाल, पदम दाहाल, महेश प्र. रिजालले आफ्ना रचना वाचन गरेका थिए ।

त्यसै गरी चेवनचन्द्र बस्नेत, महेशराज खरेल, सुरेशराज बैद्य, उमा दहाल, देवीप्रसाद मिश्र, कृष्ण प्र. पौडेल, कविराज घिमिरे, बिनोद विम्वित, बबिता थापा, अम्विका कार्की, रुद्र अधिकारी, गोबिन्द नागिला, जुनु घिमिरे, सन्तोष ढकाल, वाग्मती भाइ, विद्या अनामिका तिवारी, मिरा दाहाल, राजेन्द्रकुमार वज्राचार्य, राधा कणेल, रमेश रसिक पौडेल, भुवन बोहोरा निस्तेजले पनि आ-आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।

वाचित रचनाहरुमा कविता, गजल र मुक्तकहरूको वाहुल्यता रहेको थियो । रेहित सैंजुले आकर्षक ढङ्गले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजसेवी तथा साहित्यप्रेमी शंकरप्रसाद मानन्धरले साहित्य र योगको सम्बन्धबारे प्रकाश पार्नु भएको थियो ।

०००
– रेहित सैजु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x