सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दमकमा भ्रष्टाचार विरोधी काव्यसभा हुँदै

काव्यसभामा भ्रष्टाचार विरुद्धमा लेखिएका कविता, गजल मुक्तक र गीति सिर्जना प्रस्तुत गर्न स्थानीय स्रष्टा सर्जक र आसपासमा रहेको अरु सर्जकहरू समेत सहभागी हुने बताइएको छ ।

Nepal Telecom ad

झापा, ०८० वैशाख ३० । ‘भ्रष्टाचार विरुद्ध जनचेतनाका लागि भू-माफिया ठगहरूबाट ठगिएका पीडितहरूलाई सार्वजनिक गर्दै ‘भ्रष्टाचार विरोधी सिर्जना वाचन कार्यक्रम’ हुने भएको छ ।

वैशाख ३१ गते आयोजना हुने काव्यसभाको आयोजना काव्य घर नेपाल गरेको हो । काव्यसभामा भ्रष्टाचार विरुद्धमा लेखिएका कविता, गजल मुक्तक र गीति सिर्जना प्रस्तुत गर्न स्थानीय स्रष्टा सर्जक र आसपासमा रहेको अरु सर्जकहरू समेत सहभागी हुने बताइएको छ ।

कार्यक्रममा भू-माफियाहरुबाट पीडामा परेका पीडितहरूलाई सार्वजनिक गर्दै भ्रष्टाचार विरुद्धको सचेतना कार्यक्रम सहित रचना बाचन कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाले बताउनु भएको छ ।

०००
– काव्य घर, दमक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad