साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’माथि विमर्श

मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गोपाल सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’ उपन्यासमाथि विमर्श गरेको छ ।

Nepal Telecom ad

मकवानपुर, ०८० वैशाख ३० । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गोपाल सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’ उपन्यासमाथि विमर्श गरेको छ । झरनाले आफ्नो २८९ औँ साहित्य शृङ्खलाअन्तर्गत विमर्श कार्यक्रम साहित्य सङ्गम मकवानपुरको सभाहलमा गरेका हो ।

कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्री प्रसाद सञ्जेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे  । उहाँले लामो राजनीतिक र सामाजिक जीवनबाट खारिएका लेखकले काँठ क्षेत्रका विषयवस्तु चयन गरेकोमा बधाई दिनुभएको थियो ।

विमर्श कार्यक्रममा बक्ताका रुपमा रहनुभएका घनश्याम घिमिरेले काँठ क्षेत्र, त्यसमा प्रयोग हुँदै आएका भाषा, त्यस क्षेत्रको रहनसहन र संकृतिको विषयमा लेखकले राम्रोसँग उल्लेख गरेको आफूले पाएको बताउदै काँठ क्षेत्रका विषयमा धेरै लेखिनु पर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

विमर्श कार्यक्रमका अर्का बक्ता रमेशमोहन अधिकारीले पहाडी जनजीवनका विषयमा पुस्तकले धेरै बोलेको बताउँदै अझै सशक्त ढंगबाट यस्ता विषय उठान गर्न अब लेखकहरूले स्थलगत रुपमा पनि काँठ क्षेत्रमा गएर थप लेख्न सुझाव दिनुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक जनार्दन खनाल, नेपाली भाषा शिक्षक समिति मकवानपुर अध्यक्ष केशव सञ्जेल, साहित्य सङ्गम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, नेपाली लेखक सङ्घ अध्यक्ष छवि अनित्य, आधुनिक नेपाली गजल अभियान संयोजक यमन देव उत्प्रेरक, मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबि बर्तौला, गजलकार देवराज तिवारी, समाजसेवी मुक्तिगोविन्द बैध, कृष्णप्रसाद सञ्जेल, समाजेसेवी राजु सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा गायत्री रुपाखेतीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।

०००
संप्रस पौडेल, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x