साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्ख, प्रिया ! पर्ख !!

निरङ्कुश बाबुका अँगेनाको आगो धप्प ! धप्प !! बलिरहन्छु विराट् विश्वब्रह्माण्डमा तिमी सृष्टिकी सुनगाभा सौन्दर्य....

Nepal Telecom ad

खुल्छन् बल्ल तिम्रा आँखा
त्यस बेला
जहाबाट फेरि फर्कन
असम्भव छ- तिमीलाई
तिम्रा वसन्तमा
शिशिरका पत्करहरू
पन्साएर बिस्तारै
आफ्नै कसरतले
जमेको बरफ पगाल्दै
र टाँसिएको हिउँ झड्कार्दै
पर्ख, प्रिया ! पर्ख !!
म त्यो वसन्त वहार
ओढ्नेछु जहाँ चारैतिर
-इन्द्रकमल वास्नित हुनेछन्
-गुलाफ, सुगन्धशील
पराग फर्फराउनेछन्
सौन्दर्यको नीलो आकाशमुनि
तिमी
रछानबाट निस्केर
एकाएक नाँच्नेछ्यौ
म मेरै बाबु जिउसको दरवार तोडेर
थुतेर चेतनाको अगुल्टो
निस्कनेछु झर्झराउदै
जसलाई देखेर
तिम्रा फिका हुनेछन्- रछानका खादा
वैलनेछन्- फूलका माला
भत्कनेछ- प्रलोभनको पद्मासन
र जम्मै जम्मैभित्र फैलिएका
-मानवताका
-प्रजातन्त्रका
-विना ब्वाँसाका
-विना प्रलोभन र लालसाका
-विना साँधसीमाका
जहाँ अर्काको आसन
-खोसाई रहन्न
जहाँ ब्वाँसाहरूका
-अदृश्य लुछाइ रहन्नन्
उन्मुक्त त्यहाँ म
निरङ्कुश बाबुका अँगेनाको आगो
धप्प ! धप्प !!
बलिरहन्छु
विराट् विश्वब्रह्माण्डमा
तिमी
सृष्टिकी सुनगाभा
सौन्दर्य
र सुवासको दीप्ति
अनन्त, अनन्त
लहराउनेछ्यौ ।

०००
कलेकुटी, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x