सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पर्ख, प्रिया ! पर्ख !!

निरङ्कुश बाबुका अँगेनाको आगो धप्प ! धप्प !! बलिरहन्छु विराट् विश्वब्रह्माण्डमा तिमी सृष्टिकी सुनगाभा सौन्दर्य....

Nepal Telecom ad

खुल्छन् बल्ल तिम्रा आँखा
त्यस बेला
जहाबाट फेरि फर्कन
असम्भव छ- तिमीलाई
तिम्रा वसन्तमा
शिशिरका पत्करहरू
पन्साएर बिस्तारै
आफ्नै कसरतले
जमेको बरफ पगाल्दै
र टाँसिएको हिउँ झड्कार्दै
पर्ख, प्रिया ! पर्ख !!
म त्यो वसन्त वहार
ओढ्नेछु जहाँ चारैतिर
-इन्द्रकमल वास्नित हुनेछन्
-गुलाफ, सुगन्धशील
पराग फर्फराउनेछन्
सौन्दर्यको नीलो आकाशमुनि
तिमी
रछानबाट निस्केर
एकाएक नाँच्नेछ्यौ
म मेरै बाबु जिउसको दरवार तोडेर
थुतेर चेतनाको अगुल्टो
निस्कनेछु झर्झराउदै
जसलाई देखेर
तिम्रा फिका हुनेछन्- रछानका खादा
वैलनेछन्- फूलका माला
भत्कनेछ- प्रलोभनको पद्मासन
र जम्मै जम्मैभित्र फैलिएका
-मानवताका
-प्रजातन्त्रका
-विना ब्वाँसाका
-विना प्रलोभन र लालसाका
-विना साँधसीमाका
जहाँ अर्काको आसन
-खोसाई रहन्न
जहाँ ब्वाँसाहरूका
-अदृश्य लुछाइ रहन्नन्
उन्मुक्त त्यहाँ म
निरङ्कुश बाबुका अँगेनाको आगो
धप्प ! धप्प !!
बलिरहन्छु
विराट् विश्वब्रह्माण्डमा
तिमी
सृष्टिकी सुनगाभा
सौन्दर्य
र सुवासको दीप्ति
अनन्त, अनन्त
लहराउनेछ्यौ ।

०००
कलेकुटी, काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म नै म !!

म नै म !!

कलानिधि दाहाल
नयाँ वर्ष !!

नयाँ वर्ष !!

कलानिधि दाहाल
नयाँ वर्ष !!

नयाँ वर्ष !!

कलानिधि दाहाल
सबै एक म देख्दै छु !!

सबै एक म देख्दै...

कलानिधि दाहाल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही