साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध कविता वाचन कार्यक्रम

बैशाख ३१ गते आइतबार साँझ ५ बजे हेटौँडाको बुद्धचोकमा कविता वाचन कार्यक्रम आयोजना गरिएको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभएको छ ।

Nepal Telecom ad

हेटौँडा, ०८० वैशाख ३० । सर्जक सञ्जाल मकवानपुरले भ्रष्टाचार विरुद्ध कविता वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

बैशाख ३१ गते आइतबार साँझ ५ बजे हेटौँडाको बुद्धचोकमा कविता वाचन कार्यक्रम आयोजना गरिएको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभएको छ ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण सदस्य लगायत सर्जकहरूलाई जानकारी गराएको बताउनु भयो ।  याे एक खालकाे दवाव सिर्जना गर्ने कार्यक्रम हाे । चुप बस्न पनि सकिन्थ्यो तर देशलाई सुन्दर र समुन्नत बनाउन याे अभियान जरूरी देखिन्छ । देशमा भैरहेकाे विद्यमान परिस्थितिलाई बुझेर याे अभियानकाे थालनी गर्नु, विचार निमार्ण गर्नु सहि कदम हाे । अझै कविताको माध्यमबाट सन्देश दिन खाेज्नु झन ठूलाे कदम हाे । हामी सँगसँगै छाै । न्याैपानेले भन्नस भयाे ।

आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटाले वाचन कार्यक्रममा सहभागिता जनाउन उत्सुक रहेको बताउनु भयो ।

साथै प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, झरना साहित्य परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलालगायतका सर्जकहरूले ऐक्यबद्धता रहेको बताउनु भएको छ ।

देशव्यापीरूपमा सञ्चालित यस अभियानमा सर्जकको समेत दायित्व हुने हुँदा समाजमा कला, साहित्यमार्फत् सम्पूर्ण सर्जकहरू समावेश हुनुपर्ने प्रस्तावित बकैया वाङ्मय प्रतिष्ठान संयोजक दीपक गौतमले बताउनुभयो ।

यो कार्यक्रममा उल्लेख्य सहभागिता रहने बताउँदै संयोजक निमेष निखिल, पुरूषोत्तम आचार्य, किशन पौडेल, जीवन तिमल्सिनालगायत सर्जकहरूले सामाजिक सञ्जालमार्फत् कविता वाचनमा सहभागी हुन सबैलाई आव्हान गर्नुभएको छ

०००
– स्रंप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x