साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माइतीघर मण्डलामा भ्रष्टाचार विरोधी काव्यवाचन कार्यक्रम

कार्यक्रम जेष्ठ ७ गते साढे २ बजे आरम्भ हुने सो कार्यक्रममा सर्जकले भ्रष्टाचार विरुद्ध आफ्ना सिर्जना वाचनमा सहभागी हुन समस्त स्रष्टाहरुलाई काव्यघरले आव्हान पनि गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ ६ । काव्य घर मिडिया प्रा.लि.को आयोजनामा राजधानीको माइतीघर मण्डलामा भ्रष्टाचार विरोधी काव्यवाचन कार्यक्रम हुने भएको छ ।

भ्रष्टाचारको विरुद्ध देशका विभिन्न ठाउँमा स्रष्टाहरू रचनावाचन सडक ओर्लिरहेको पृष्ठभूमिमा राजधानीमै पनि यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक काव्यघर नेपालकी सञ्चालका रेणुका भट्टराईले बताउनु भयो ।

उहाँले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, सबैखाले भ्रष्टाचारको विरुद्ध सिर्जना वाचन गरौँ भन्ने नाराका साथ यो कार्यक्रम आयोजना गरिएको बताउँदै राजधानीका उल्लेखनीय स्रष्टाहरू सहभागी हुने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रम जेष्ठ ७ गते साढे २ बजे आरम्भ हुने सो कार्यक्रममा सर्जकले भ्रष्टाचार विरुद्ध आफ्ना सिर्जना वाचनमा सहभागी हुन समस्त स्रष्टाहरुलाई काव्यघरले आव्हान पनि गरेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x