सुलसुलेमण्डलामा भ्रष्टाचार विरुद्ध सिर्जना वाचन
काव्य घर नेपाल मिडिया प्रालिको सयोजनमा सबै खाले भ्रष्टाचारका विरुद्ध माइतीघर मण्डलामा कवि साहित्यकार कलाकारहरूले सिर्जना प्रस्तुत गर्दै भ्रष्टाचार विरुद्ध कार्यक्रम सप्पन्न गरियो ।

काठमाडौं, ०८० जेष्ठ ७ । काव्य घर नेपाल मिडिया प्रालिको सयोजनमा सबै खाले भ्रष्टाचारका विरुद्ध माइतीघर मण्डलामा कवि साहित्यकार कलाकारहरूले सिर्जना प्रस्तुत गर्दै भ्रष्टाचार विरुद्ध कार्यक्रम सप्पन्न गरियो ।
कार्यक्रममा एभरेस्ट न्युज टिभी, आर.आर.अनलाइन टिभी, नेपाल बोर्डर टिभी, फरक नेपाल डट कम काव्य घर नेपाल दमक झापा, पेरोल साहित्य प्रतिष्ठान नेपालको सहकार्य रहेको थियो ।
कार्यक्रममा साहित्यकारहरू ललिता दोषी, रश्मि रिमाल, उषा केसी भुवन शिवाकोटी चौघरे, मन्जिला अनिल, दिनानाथ घिमिरे, बिजयध्वज थापा, राजकुमार खड्गा, मनिला वन्त, बासुदेव ठकुरी, कुमार रिजाल अरुणकुमार गिरी, महेश्वर अधिकारी लगायत दुई दर्जन स्रष्टाले आफ्ना रचना प्रस्तुति मार्फत भ्रष्टाचार विरुद्ध आन्दोलनको आव्हान गरेका थिए ।
साहित्यकार पत्रकार राजकुमार खड्गाले झापामा भएको गम्भीर घटनाका बारेमा खुलाउनु भयो । भूमाफियाद्वारा ठगी बढेकाले भुइँ मानिसहरू जीवन मरणको दोशाँधमा रहेको बताउनु भयो । बिर्तामोडमा केही दिनअघि मृत्यु वरण गरेका हरि मैनालीको घटना बारे पनि बताउनु भयो । त्यस्तै दमकमा आमोद दहाल र देउकुमार लिम्बुको ठगी काण्ड बारे पनि खुलाउनु भयो । नक्कली शरणार्थी सम्बन्धमा गणेश तिमिल्सिना काण्डको फाइल जिल्ला प्रशासन कार्यालयमा पेन्डिङमा रहेकोे अवस्था छ । त्यो फायल सार्वजनिक गर्न माग गर्नु भयो ।
काव्य घर नेपाल मिडिया प्रालिको सञ्चालक सदस्य साहित्यकार पत्रकार रेणुका भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सम्पूणर् सर्जकहरूले सबैखाले भ्रष्टाचारका विरुद्ध अब नियमित लाग्नुपर्ने बताउनु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































